बन्दले दोस्रो दिन पनि जनजीवन प्रभावित
काठमाडौ, वैशाख २९ - जातीय राज्यको विरोधमा ब्राम्हण,क्षेत्री,ठकुरी,दशनामी लगायतको संयुक्त समूहले आह्वान गरेको दुई दिने नेपाल बन्दको आज(शुक्रबार) दोस्रो दिन पनि राजधानी काठमाडौं लगायत मुलुकको विभिन्न भागको जनजीवन प्रभावित भएको छ ।
सडकमा यातायातका साधान कुदेका छैनन् । शिक्षण संस्था, बजार तथा कलकारखाना बन्द हुँदा विद्यार्थी तथा मजदुर प्रभावित भएका छन् । गाडी नचल्दा सर्वसाधारणले बढी कठिनाई भोग्नु परेको छ । बन्दकर्ताले मध्यबानेश्वरमा एउटा ट्याक्सी जलाएका छन् । ठाउँ ठाउँमा प्रदर्शन गर्दै बन्दकर्ताहरुले गल्ली भित्रका पसलहरु पनि बन्द गराउँदैछन् । प्रहरीले एक दर्जन जति बन्दकर्तालाई पक्राउ गरेको छ ।पर्वत,पाल्पा,सिन्धुली र बर्दियामा बन्दको पूर्ण असर परेको त्यहाँस्थित कान्तिपुर संवाददाताहरुले जनाएका छन् ।
कांतिपुर दैनिक बाट