|

गज़ल

प्रिय तिम्रो प्रतिबिम्ब यै दिलमा टासेकी छु
सङै जिउने मर्ने सपना सङालेर् बाचेकि छु

मनको आसा रहर तिमी हिर्दयको  धड्कन हौ
गन्तब्यका हर पाइलामा तिम्लाईनै ताकेकी छु

बुझेरनै मेरो प्राण जिन्दगीनै तिमी हुँदा
मैले पुज्ने देउता सँग तिम्रै लागि भाकेकी छु  

तिम्रै बखान गर्दा खेरी घाम जून नि मुस्कुराउछन
त्यही खुशीको हौसलाले जीवन गती हाकेकी छु

बाचुन्जेल तिमी मेरो छाया बनी पछ्याउनु है
इनै   ईच्छा चाहनालाई परेलिले ढाकेकी छु

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

Posted by Butwalonline on 6:52 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गज़ल "

Leave a reply