सिद्धार्थमा खेल सप्ताह सुरु
बुटवल, माघ १६ ।प्रत्येक वर्ष हुादै आएको साप्ताहिक खेलकुद कार्यक्रम यस वर्ष पनि २०६९ माघ १६ गते सहिद दिवसका दिन ज्ञात(अज्ञात सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सिद्धार्थ इङ्ग्लिस बोर्डिङ् स्कुल शंकरनगर(६, मा खेल सप्ताह सुरु भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा राष्ट्रिय भलिवल खेलाडी एवं प्रशिक्षक छविलाल विश्वकर्माले विधिवत रुपले उद्घाटन गर्दै खेलकुद विद्यार्थीहरुको चौतर्फी विकासको लागि महत्वपूर्ण भएको र विभिन्न समुदाय र राष्ट्रहरुलाई एकताबद्ध गर्न समेत महत्वपूर्ण हुादै आएको कुरा व्यक्त गरे ।
उनले आफू पनि खेलकुदकै क्षेत्रबाट अगाडि बढेको बताउादै आफूलाई अतीतको खेल जीवनको सम्झना आएको बताए । राष्ट्रमा अझैपनि ल्याप्चे लगाउने जनसंख्या रहेको बताउादै साक्षरताको निम्ति सम्पूर्ण दल तथा समाजका सबै तह र तप्का आ( आफ्नोतर्फबाट लाग्नुपर्ने बताउदै भविष्यमा यो विद्यालय कलेजको रुपमा विकसित हुन सकोस भन्दै विद्यालयलाई शुभकामना व्यक्त गरेका थिए ।
सो कार्यक्रममा गत वर्ष २०६८ को खेल सप्ताहका उत्कृट खेलाडी छात्र कृष्ण ढकालले सिद्धार्थ दीप प्रज्वलन गरेका थिए भने अन्य विद्यार्थीहरुद्धारा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले आ(आफ्ना सदनहरुबाट तयार गरेका पााचवटा बेलुनहरु आकाशमा उडाइएका थिए । उक्त कार्यक्रममा खेलाडीहरुका तर्फबाट सृष्टि थापाले खेल अवधिभर अनुशासित ढंगले खेल्ने सपथ लिएकी थिइन त्यस्तै रेफ्री तथा खेल सञ्चालकका तर्फबाट अतिरिक्त क्रियाकलाप प्रमुख मेघराज भट्राइले सपथ लिनु भएको थियो । मार्चपास, राष्ट्रिय गान एवं झण्डोत्तोलन गर्दै सञ्चालन भएको उक्त कार्यक्रम माघ १६ देखि १९ गतेसम्म सञ्चालन हुादै छ । यस अन्तर्गत एथलेटिक्स, लङ्जम्प, हाइजम्प, ज्याबलिङ, दौड, बेलुन फुटाउने लगायत झण्डै ४० भन्दा बढी खेलहरु समावेश गरिएका छन् भने ५०० भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिएका छन् ।