मेरीगोल्ड बोर्डिङ स्कुलमा भोलि देखि खेल महोत्सव हुने
बुटवल, माघ १४ । बुटवल उजिरसिंह नगरस्थित मेरीगोल्ड बोर्डिङ स्कुलमा भोलि सोमबार देखि खेल महोत्सव हुने भएको छ । विद्यार्थीहरुलाई सब जुनीयर, जुनियर र सिनियर गरी तीन तहमा बर्गिकरण गरी छुट्टाछुट्टै स्पर्धामा प्रतिस्पर्धा गराइने विद्यालयका प्राचार्य हेम थापाले बताए ।
सहीद सप्ताहको अवसर पारेर खेल महोत्सव गर्न लागेको प्राचार्य थापाले बताए । उक्त खेल महोत्सव अन्तर्गत भलिवल, वक्तृत्वकला, बादबिवाद, हाजिरीजवाफ, ब्याडमिन्टन, निवन्ध लेखन, तातो आलु, बेलुन दौड, बल एण्ड बास्केट, बाँदर दौड, चक्लेट दौड, चित्रकलालगायतका प्रतियोगिताहरु गराइने विद्यालयका प्रबन्ध निर्देशक विनित भिक्टरले जनाए । विद्यालयले विद्यार्थी तहका आधारमा भारती थापा, भानुभक्त आचार्य, गणेश धामी र रामलाल भुषाललाई संयोजनको जिम्मेवारी दिएको अध्यक्ष रीता थापाले जानकारी गराइन् ।
विद्यार्थीहरुमा खेलकुद प्रतिको रुची बढाउने, प्रतिभाको विकास र प्रष्फुटन गराउने तथा अतिरिक्त क्रियाकलापमा पनि अब्बल गराउने उद्धेश्यले विद्यालयले हरेक वर्ष खेल महोत्सवको आयोजना गरेको विद्यालयका अर्का प्रबन्धक रबिन्द्र कणेलले बताए । खेल महोत्स माघ १५ देखि १९ सम्म चल्ने छ ।