|

जागरुक सहकारी संस्था बुटवलको साधारणसभा सम्पन्न

बुटवल,२८ पुस - जागरुक वचत तथा ऋण सहकारी संस्था बुटवल ८ रुपन्देहीको पाँचौं साधारणसभा आज (शनिबार) सम्पन्न भएको छ । वचत तथा ऋण सहकारी संघ रुपन्देहीका उपाध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै श्रेष्ठले सहकारीले आर्थिक उन्नती र सहकार्यको भावना जागृत गराएको भन्दै सहकारीमा आबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष खगेन्द्र प्रसाद शर्माको अध्यक्षता तथा सचिव सन्दिप सापकोटाको संचालनमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका बुटवल नगर अध्यक्ष पदम श्रेष्ठ,दुर्गा भवानी उच्च मावि पर्रोहाका ब्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद गौतम, रोग्दीठाटी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराम तिवारी,संस्थाका ऋण उपसमिति संयोजक चन्द्रमणी भण्डारी लगायतले शुभकामना मन्तत्तय राखेका थिए ।

सोही अवसरमा जागरुक सहकारीका सेयर सदस्यका ७ जना बृद्धा बुवा आमा,एसएलसिमा सहभागि भई उत्कृष्ट अंक ल्याएका २ जना विद्यार्थी र एक जना अपाङ सेयर सदस्यलाई सम्मान गरिएको थियो । साधारणसभाले अध्यक्ष शर्माको प्रतिवेदन  र कोषाध्यक्षको बार्षिक प्रतिवेदन पारित गरिएको छ । २ सय १६ सेयर सदस्य रहेको सहकारीको कुल चुक्ता सेयर पुजी ३ करोड १५ हजार रहेको ब्यवस्थापक विष्णु प्रसाद वोस्तीले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 7:15 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जागरुक सहकारी संस्था बुटवलको साधारणसभा सम्पन्न"

Leave a reply