देविनगर मगरगुठ समितिको साधारणसभा सम्पन्न
बुटवल, २८ पुस । देविनगर–प्रगतीनगर मगरगुठ समितिको तस्रो साधारण सभा समाजेवी माया गर्वुजाजको प्रमुख आतिथ्यता तथा नेपाल सरकारक आदिवासी जनजाति जिल्ला संमन्वय समिति रुपन्देहीका उपाध्यक्ष धन बहादुर गुरुङ्गको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको छ । गुठका अध्यक्ष कृष्ण बहादुर कुवँवरको अध्यक्षता तथा संस्थाका सचिव मनोज रानामगरको सञ्चालनमा भएको कार्यक्रमा आदाविसी जिल्ला संमन्य समितिका अध्यक्ष होम बहादुर गलामी, नेपाल मगर संघ पुर्व नगर अध्यक्ष रुपसिंह थापामगर, वर्तमान अध्यक्ष जनकथापा मागर लगायतले मन्तव्य राखेका थिए । साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन गोर्कणकेशर थापाले प्रस्तुत गरेका थिए ।
