|

मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

क्वालालम्पुर,पुस ७ - मलेसियामा सडक दुर्घटनामा एक नेपालीको ज्यान गएको छ । ओखलढुङा जिल्ला वल्खु गाविस वडा न ९ घर भई क्यामरुन हाईलेण्डको रिङलेट उलुमेरामा रहेको गार्डैन कम्पनीमा कार्यरत अन्दाजी २५ वर्षका खड्क वहादुर मगरको सडक दुर्घटनामा ज्यान गएको हो ।

दिनभरी काम गरेर साझँको वेलामा सपिङ गरेर राती ९ वजेतिर होस्टलमा फर्किरहेको अवस्थामा उनले चलाईएको मोटरसाईकललाई ल्याण्डरौभर गाडिले ठक्कर दिदा घटना स्थलम खड्काको ज्यान गएको हो । ल्याण्डरोभर गाडि भने ठक्कर दिना साथ भागेकाले नम्वर थाहा हुन सकेको छैन ।

उनी संगै मोटरसाईकलमा पछाडि सवार रहेका मोरङ विराटनगर निवासि ओम प्रकाश यादव गंभिर घाईते भएका छन । यादवको इपो अस्पतालमा उपचार भैरहेको ओमकार थापाले जानकारी दिएका छन् ।

मृतक खड्काको शवलाई पोसमार्टमको लागि तानाहाराता सरकारी अस्पतालमा राखिएको छ । दुई वर्ष अगाडि रोजगारीको सिलसिलामा मलेसिया आएका खड्काको परिवारमा वुवा आमा, श्रीमती, छोरी र भाई रहेका छन् ।
  स्रोत : ऑनलाइन खबर

Posted by Butwalonline on 8:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु "

Leave a reply