पाल्पाको दर्छामा ९० लिटर अबैध घरेलु मदिरा बरामद
पाल्पा असोज १६ -पाल्पा जिल्लाको दर्छामा प्रहरीले ९० टिर घरेलु मदिरा बरामद गरेको छ । अस्थायी प्रहरी चौकी दर्छा केलादीबाट गस्तीमा गएको प्रहरी टोलीले बेच्न ल्याउदै गरेको रक्सी आज बिहानै बरामद गरेको हो । पाल्पा गल्धाको ढुङ्गानाबेशीबाट केलादी बेच्नका लागि ल्याउदै गरेको ९० लिटर अबैध घरेलु मदिरा जफत गरी प्रहरीले नष्ट गरेको छ ।
गस्तीको क्रममा दर्छा कीर्तिपुरमा ५ जना महिलाले मदिरा बेच्नको लागि ल्याउादै गर्दा बरामद गरिएको प्रहरीले जनाएको छ । अनुमति बिना नै मदिरा बिक्री गर्नेहरुविरुद्व चलाइएको अभियान अन्तर्गत उनीहरुको मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक चुराबहादुर कार्कीले बताउनुभयो ।
