जिल्ला शिक्षा कार्यालय रुपन्देहीको छड्के निरीक्षणमा पशुपति नि.मा.बि.
रुपन्देही, असोज १६ -जिल्ला शिक्षा कार्यालय रुपन्देहीले आज पनि छड्के निरीक्षण गरेको छ । निरीक्षणका क्रममा पशुपति नि.मा.बि. बेतकुइया बन्द भएको पाईएकाले शिक्षा कार्यालयले स्पष्टिकरण माग गरेको छ ।
बिद्यालय बन्द गरेको कारण बारे बिद्यालय ब्यबस्थापन समितिर र शिक्षक बैठक बसीभोली ५ बजेसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको उपसचिव थानेश्वर ज्ञवालीले बताउनुभयो । निरीक्षण टोलीले बोगडी गा.बि.स.को मदरसा मदिनतुल इस्लाम अलसल्फिया र बेतकुइया गा.बि.स.को अल मदरस्तुल इस्लामिया नुरुल होदाको समेत निरीक्षण गरेको थियो । उक्त छड्के निरीक्षणमा जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राई, उपसचिव थानेश्वर ज्ञवाली, स्रोत व्यक्ति विपिन दुबे तथा स्रोत व्यक्ति शालिकराम शमाको सहभागि हुनुहुनथ्यो ।
