|

विद्यार्थीहरु द्वारा शिक्षक निर्मल श्रेष्ठको मृगौला प्रत्यारोपणका लागि रकम संकलन

बुटवल ,असोज १६ - रुपन्देहीको मणिग्राममा सञ्चालित राममणि बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ एकाई समितिले चितवनका शिक्षक निर्मल श्रेष्ठको मृगौला प्रत्यारोपणका लागि रकम संकलन गरेको छ ।  क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुबाट रकम संकलन गरी मृगौला पीडित श्रेष्ठका आफन्तलाई हस्तान्तरण गरिएको संघका सचिव चिरञ्जीवी बस्यालले जानकारी दिनुभयो ।

विद्यार्थी नेताहरु पंकज भट्टराई, स्वागत थापा, भरत भुसाल, सन्तोष जि.सी. लगायतयतको सक्रियतामा रु.२७५०।– (दुई हजार सातसय पचास रुपियाा) संकलन गरिएको सचिव बस्यालले जानकारी दिनुभयो ।

 त्यस्तै न्यू लाईट कलेज शंकरनगररुपन्देहीले विश्व अहिंशा दिवसको अवसरमा आज आध्यात्मिक सत्सङ् कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय धर्म जागरण अभियान नेपालका केन्द्रीय संयोजक शंकर प्रसाद पाण्डेले कार्यक्रममा मानिस कसरी अहिंसावादी बन्न सक्छ, मानविय मुल्य र अस्तित्व भनेको के हो ? विश्व शान्ति कसरी हुन सक्छ ?, विद्यार्थीमा सकारात्मक सोचको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा युवा विद्धान चैतन्य कृष्ण प्रभु, रामजानकी गौशालाका योगी सोमराज योगी लगाएतले बोल्दै बढ्दै गइरहेको महामारी रोगका कारण मानिस कसरी आक्रान्त बन्दै गइरहेको छ, त्यसमा पुर्वीय दर्शनमा योगाको माध्यमबाट कसरी रोक्न सकिन्छ भन्ने बारेमा आ–आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा न्यूलाईट कलेजका क्याम्पस प्रमुख डिल्लीनारायण पाण्डे,कलेजका शैक्षिक संयोजक राजेन्द्र कुावर, रमेश ज्ञवाली, वास्तुविद् जनार्दन घिमिरे,राजु डुम्रे लगाएतले कार्यक्रमको औचित्य बारेमा प्रकाश पार्नुभएको थियो ।

Posted by Butwalonline on 6:10 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विद्यार्थीहरु द्वारा शिक्षक निर्मल श्रेष्ठको मृगौला प्रत्यारोपणका लागि रकम संकलन"

Leave a reply