लायन्स क्लव अफ बुटवल सयपत्रीद्वारा वृद्धाआश्रममा खाद्यान्य,कपडा तथा नगद बितरण
बुटवल ,असोज १६ - लायन्स क्लव अफ बुटवल सयपत्रीले बुटवल ४ मा रहेको वृद्धाआश्रममा बस्ने वृद्धवृद्धालाई खाद्यान्य,कपडा तथा नगद प्रदान गरेको छ । सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैजू वृद्धाआश्रममा रहेका पााच जना वृद्धवृद्धालाई यस्तो सहयोग गरिएको हो ।
लायन्स क्लव अफ बुटवल सयपत्रीका अध्यक्ष प्रतिमा श्रेष्ठको अध्यक्षता सचिव सवनम श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ नेपाल ३२५ बी टुका प्रमुख महेन्द्रनारायण श्रेष्ठले सामाजिक सेवाको अभियानलाई यस प्रकारको कार्यक्रमले थप टेवा पुग्ने बताउनुभयो ।वृद्धाआश्रमका संस्थापक तथा लायन्स क्लव अफ बुटवलका संस्थापक गणेशमान सैंजूले राज्यको सहयोगबिना सबै सामाजिक व्यक्तित्वहरुको सहयोगले अगाडि बढेको बताउनुभयो ।कार्यक्रममा कार्यक्रम संयोजक सुनिता बजिमय,लायन मधुसुदनलाल श्रेष्ठ,ज्ञानेन्द्र सिंमागैडा, द्धारिका श्रेष्ठ,सागर श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
