मगर चलचित्रकर्मी संघको प्रथम अधिबेशन आगामि १९ र २० गते बुटवलमा हुने
बुटवल ,असोज १६ - मगर चलचित्रकर्मी संघको प्रथम अधिबेशन आगामि १९ र २० गते बुटवलमा हुने भएको छ । मगर चलचित्र कर्मी संघ रुपन्देही शाखाले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि अधिवेशन हुन लागेको जानकारी दिएको हो ।
दुई दिनसम्म बुटवलको होटल दियालोमा चल्ने अधिबेशनमा रुपन्देही,पाल्पा,दाङ,तनहु,धनुषा,लम्जुङ्ग काण्ठमाडौं लगायत ११ जिल्लाबाट एक सय बढि प्रतिनिधि सहभागिह हुने संघका केन्द्रिय सदस्य शंकर गाहाले बताउनुभयो । आदिवासि चलचित्र महासंघका अध्यक्ष,मगर चलचित्रकर्मी र चलचित्र बोर्डका प्रतिनिधिहरुको सहभागिता हृुने बताईएको छ । मगर भाषामा बनेका चलचित्रको प्रचार प्रसार र भाषा संस्कृतिको संरक्षणमा लाग्नका लागि गठन चलचित्रकर्मी संघ गठन गरिएको रुपन्देहीका सचिव यम पुन मगरले बताउनुभयो । उहाका अनुसार अधिबेहशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
