|

राजनीतिक गतिरोध अन्त्यगर्न बसेको सर्वदलीय बैठक निष्कर्सहिन्


काठमाडौं, असोज १६-राजनीतिक गतिरोध अन्त्यको प्रयासस्वरुप आज बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ । विघटित संविधानसभा भवनमा बसेको सर्वदलीय बैठक केहीबेर अघि सकिएको हो । विघटित संविधानसभामा रहेका सबै दलका प्रतिनिधिहरू सहभागी बैठकमा नेताहरूले राष्ट्रिय सहमतिको सरकार र चुनावबारे आ–आफना धारणा राखेका छन् ।

मुख्य चार शक्तिको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा विघटित संविधानसभाका ३२ दलका प्रतिनिधिहरू सहभागी थिए । छलफलका क्रममा धेरैजसो नेताहरूले संविधानसभाबाटै नयाा संविधान बनाउनुपर्छ भन्ने धारणा राखेका थिए । विघटित संविधानसभा पुन:स्थापना गर्ने या नयाा चुनावमा जाने भन्ने विषयमा भने दलहरू विभाजित देखिएका छन् । आजको बैठकमा सत्तापक्ष दलका नेताहरूले वर्तमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार गठन गर्ने प्रस्ताव राखेपछि विपक्षी दलहरूले अस्वीकार गरेका छन् । सबै दलहरूको सुझावका आधारमा राजनीतिक निकासका लागि निर्णय लिइने ठूला दलका नेताहरूले बताएका छन् ।

Posted by Butwalonline on 6:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजनीतिक गतिरोध अन्त्यगर्न बसेको सर्वदलीय बैठक निष्कर्सहिन् "

Leave a reply