|

राष्ट्रिय स्वाधीनता निकै खतरामा -माओबादी प्रवत्ता भुषालक

लक्ष्मण पोखरेल,बुटवल ,१६ असोज ।। नेकपा– माओबादीका प्रवत्ता पम्फा भुषालले नेपालको राष्ट्रिय स्वाधिनता निकै खतरामा रहेको बताएकी छन् । एकपछि अर्को गर्दै विदेशी हस्तक्षेप बढ्दै गएको भन्दै नेपाल नवऔपनिवेशिक मुलुकको रुपमा परिणत भएको समेत उनको भनाई छ ।

नेकपा माओबादी सुचना प्रचार प्रसार तथा प्रकाशन विभाग अवद्यराज्य समितिद्धारा मंगलबार बुटवलमा आयोजित राष्ट्रिय स्वाधिनता र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भुषालले यस्तो बताईएकी हुन ।

नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताउदै पछिल्लो समयमा मिडिायमा लगानी गरेर हस्तक्षेपको श्रृखला शुरु भएको उनको तर्क छ । ‘जनयुद्धका वेला विदेशीले हतियार र सेनामा लाखौं खर्चिएका थिए’ उनले भनिन – अहिले फेरी मिडियामा विदेशीको लगानी बढेको छ ।’ नेपालको राष्ट्रियता ध्वस्त पार्न विदेशीहरुले अनिमियत रुपमा मिडियामा संजाल विस्तार गरेको बताउदै यसले ठूलो खतरा निम्तिने बताईन । बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय स्वाधिनतालाई विदेशीलाई सुम्पिने गरि काम थालेको उनको टिप्पणी छ । विप्पा सम्झौता,विमानस्थल भारतीय कम्पनीलाई सुम्पिनु जस्ता निर्णयले देशको स्वाधिनता खतरामा रहेको उनले बताईन ।

राष्ट्रिय स्वाधिनता खतरामा रहेको भन्दै आफ्नो पार्टीले  भारतीय नम्बर प्लेटका गाडी र हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएर आन्दोलनको शुरुवात गरेको भुषालको भनाई छ । ‘भारतीय गाडी र चलचित्र रोकेर आन्दोलनको प्रकया थालिएको हो’ उनले भनिन –‘तर यसलाई गलतरुपमा प्रचार गरिएको छ ।’ भारतको विरुद्धमा नभई राष्ट्रियताको पक्षमा आफुहरु आन्दोलनमा उत्रिएको उनले बताईन । देशको स्वाधिनता बचाउन आन्दोलन गर्दा धम्की र कारवाही गर्ने अभिब्यक्तिले आन्दोलन नरोकिने बताउदै आफुहरुलाई कारवाही गर्छु भन्नेहरु दलाल भएको आरोप लगाईन । भारतीय गाडीकै कारण नेपाली ब्यवसायि र मजदुर मर्कामा परेको भन्दै अन्तराष्ट्रिय कानुन अनुसार भन्सार सकिएपछि त्यहि देशको गाडीले ढुवानी गर्न पाउनुपर्ने आफुहरुको माग रहेको बताईन ।

समानता,स्वाधिनता र अर्थतन्त्रका लागि आन्दोलन गरिएको भन्दै देशभक्त स्वाभिमान नेपालीले आन्दोलनमा सहभागि हुन उनको आग्रह छ । कार्यक्रममा अवधारणपत्र प्रस्तुत गर्दै नेकपा–माओबादीका केन्द्रिय सदस्य महेश्वर दाहालले विदशीहरुले मिडियाबाट हस्तक्षेपको संजाल विस्तार गरेको बताए । कार्यक्रममा प्रेस चौतारीका पूर्व अध्यक्ष वालकृष्ण चापागाई,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली,क्रान्तिकारी पत्रकार संघ अवद्यराज्य संयोजक यानेन्द्र जिसि,प्रेस यूनियन रुपन्देहीका सभापति भवानी प्रसाद पाण्डे,क्रान्तिकारी पत्रकार महासंघ कपिलबस्तुका अर्जुन बेल्वासे लगायतले बोल्दै राष्ट्रिय स्वाधिनताको आन्दोलन सहि ढंगले संचालन गर्न आग्रह गरेका थिए । कार्यक्रममा नेकपा माओबादी रुपन्देहीका संयोजक बसन्त श्रेष्ठ,एमालेका अध्यक्ष लिला गिरी लगायतले बोल्दै सबै दल राष्ट्रियता र स्वाधिनताका पक्षमा एक हुनुपर्नेमा जोड दिए ।


Posted by Butwalonline on 5:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राष्ट्रिय स्वाधीनता निकै खतरामा -माओबादी प्रवत्ता भुषालक"

Leave a reply