|

संघीयताले मुलुकमा विभाजन ल्याउछ-राष्ट्रिय जनमोर्चाका अध्यक्ष के.सी


बुटवल,असोज १६ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले संघीयताको विपक्षमा जनमत बढ्दै गएको बताउनुभएको छ ।उहाले संघीयताको बिरोध गर्दा सुरुमा राष्ट्रिय जनमोर्चा एक्लो भए पनि संघीयताले मुलुकमा विभाजन ल्याउछ भन्ने आफुहरुको ठहर अनुसार नेपाली समाजमा विभाजनको स्थिति देखिएको बताउनुभयो ।

अखिल नेपाल किसान संघ केन्द्रीय समितिद्वारा  आज बुटवलमा आयोजित भू– तथा पर्यावरण संरक्षण विषयक भेलामा बोल्दै नेता के.सीले संघीयताले नै संविधान बन्न नदिएको बताउनुभयो ।

उहाले इतिहाासमै देशको भविष्य संकटमा परेको बताउदै सहमतिको आधारमा संवैधानिक संकटबाट मुलुकलाई निकास दिनुपर्ने र संविधानसभाको चुनावमा जानुपर्ने बताउनुभयो ।

एमाओवादीले सत्ताको दुरुपयोग गरेर ठूलो भ्रष्टाचार गरेको आरोप लगाउादै कााग्रेस र एमालेको पालामा भएका भ्रष्टाचारलाई एमाओवादीले जितेको बताउनुभयो । जातीय संघीयतासंगै आएको एकमधेश एकप्रदेश र आत्मनिर्णयको अधिकारले देश रहन नसक्ने बताउदै भन्नुभयो|

नेकपा  (मसाल) का प्रवक्ता हरि आचार्यले सहमतिको आधारमा संविधानसभाबाट संविधान बनाउनु पर्ने र संविधान पुर्न: स्थापना मान्य हुन नसकने बताउनुभयो । कार्यक्रममा डा.डिबी सिंह, नेकपा एमालेका रुकमागत पन्त, नेपाली काा कार्यक्रममा डा.डिबी सिंह, नेकपा एमालेका रुकमागत पन्त, नेपाली कााग्रेसका हरिप्रसाद पोखरेल, अर्घाखााची चुन ढुङ्गा उत्खनन् रोक्का संघर्ष समितिकाका पदम के.सीलगायतले बोल्नुभएको थियो ।

Posted by Butwalonline on 5:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संघीयताले मुलुकमा विभाजन ल्याउछ-राष्ट्रिय जनमोर्चाका अध्यक्ष के.सी"

Leave a reply