|

खोलामा पक्की पुल नहुँदा ३ महिनादेखि यातायात अवरुद्ध

पाल्पा, आश्विन १६ - खोलामा पक्की पुल नभएपछि पाल्पाको पूर्वी भेग तानसेन-पूर्वखोला-ज्यामिरे सीधा यातायात सेवा अवरुद्ध बनेको छ । गत असारमा ठूलो पानी पर्नासाथ रोकिएको यातायात सेवा अझै सुचारु हुन नसकेको स्थानीयले बताए । केही दिनअघि परेको पानीले थप संकट निम्त्याएको उनीहरूको गुनासो छ ।

'अझै पनि मोटरसाइकल र जीप सेवा सुचारु हुन सकेको छैन,' स्थानीयवासी नन्दलाल न्यौपानेले भने, 'पानी पर्न नरोकिएपछि अहिले पनि ट्याक्टरबाहेक अरू यातायातका साधन सञ्चालन हुन समस्या छ ।' हिउँदमा तानसेन, बुटवलबाट पूर्वखोला हुँदै ज्यामिरेको गाङ्दीसम्म बस सेवा नै चल्ने गर्छ । खोला तर्न पक्की र झोलुंगे कुनै पनि प्रकारका पुल नहुँदा स्थानीयले समेत सास्ती खेप्दै आउनुपरेको उनले बताए । उनीहरूले पटक-पटक सरोकारवाला निकायमा पुल का लागि माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताए । 

Posted by Butwalonline on 5:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खोलामा पक्की पुल नहुँदा ३ महिनादेखि यातायात अवरुद्ध"

Leave a reply