बर्हिगमित माओवादीका पूर्व लडाकुको बन्दले दाङमा जनजीवन कष्टकर
दाङ, असोज १६ – बर्हिगमित माओवादीका पूर्व लडाकुले गरेको मध्यपश्चिम बन्दका कारण दाङको जनजीवन कष्टकर भएको छ । बन्दका कारण मंगलबार दाङमा लामो तथा छोटो दुरीका गाडी चलेका छैनन् ।
घोराही, तुल्सीपुर, लमही, भालुवाङ लगायतका बजार ठप्प छन् । बन्दका कारण दाङमा शैक्षिक संस्था पनि बन्द भएका छन भने उद्योग, कलकारखाना चलेका छैन । आफूहरुमाथि लगाइएको आयोग्यताको बिल्ला हटाइनुपर्ने, स्वेच्छिक अवकास रोजेका लडाकुसरह आफूहरुलाई पनि एकमुष्ठ रकम दिइनुपर्ने लगायतका पाँच बुदे मागहरु सरकार समक्ष राखेर उनीहरुले बन्द गरेका हुन् ।