|

नेपाल प्रहरीका ६७ एसपीको सरुवा (पूर्ण सूचीसहित)

असार, काठमाडौँ । नेपाल प्रहरीका ६७ प्रहरी उपरीक्षक (एसपी) हरुको आज सरुवा भएको छ । गृह मन्त्रालयले तय गरेको ११ बुँदे मापदण्डअनुसार प्रहरी मुख्यालयले एसपी प्रमुख रहने उपत्यका र तराइका अधिकांश जिल्ला तथा तालिम केन्द्रका प्रमुखहरुलाई सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रमेशप्रसाद खरेललाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय पर्सामा, धिरु बस्नेतलाई प्रहरी प्रतिष्ठान महाराजगञ्जबाट जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा, दिनेश अमात्यलाई महानगरीय प्रहरी प्रभाग महाशाखा काठमाडौँबाट बाँके प्रहरीको प्रमुखमा सरुवा गरिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दिपककुमार थापालाई अपराध महाशाखा काठमाडौँमा, भोगबहादुर थापालाई सप्तरीबाट ललितपुरमा र नारायणसिंह खड्कालाई क्षेत्रिय तालिम केन्द्र दिपायलबाट भक्तपुर प्रमुखका रुपमा झिकाइएको छ ।
यसैगरी विक्रमसिंह थापालाई महानगरीय प्रहरी परिसर ललितपुरबाट २ नम्बर मुख्यालय काठमाडौँमा र राजेन्द्र श्रेष्ठलाई भक्तपुरबाट केन्द्रीय प्रहरी विशेष कार्यदलमा सरुवा गरिएको मुख्यालयले जनाएको छ ।
यसैगरी पुस्कर कार्कीलाई पोखराबाट क्षेत्रिय तालिम केन्द्र विराटनगरमा, पुष्पचन्द्र रन्जितलाई चितवनबाट प्रहरी प्रधान कार्यालयको आतङ्ककारी नियन्त्रण महाशाखा काठमाडौँमा, पवनप्रसाद खरेललाई कञ्चनपुरबाट प्रहरी प्रतिष्ठान महाराजगञ्जमा र शरद चन्दलाई कपिलवस्तुबाट अञ्चल प्रहरी कार्यालय बागमतीमा झिकाइएको छ ।
उपप्रधान एवम् गृह मन्त्री कृष्णबहादुर महराले इमान्दारिता, कार्यदक्षता, र लगनशिलताका आधारमा अधिकृत सुरुवा गर्न दिएको ११ बुँदे मापदण्डअनुसार प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह आफैं सरुवाको सूची तयार गर्न राति अबेरसम्म खटेका थिए ।
यसअघि गृह मन्त्री नियुक्त भएकै दिन तात्कालिन गृह सचिव गोविन्द कुशुमको निर्देशनमा प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले गरेको अधिकृत सुरुवाको निर्णय महराले बदर गरिदिएका थिए ।

Source:Onlinekhabar

Posted by Butwalonline on 2:12 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल प्रहरीका ६७ एसपीको सरुवा (पूर्ण सूचीसहित)"

Leave a reply