|

नेपाली कुस्तीबाज बने नायक

किरणमान बज्राचार्य,कपिलवस्तु, १७ माघ-कपिलवस्तुको तौलिहवामा जारी कुस्ती प्रतियोगीतामा नेपालका कुस्तीबाज शंकर थापा नायक साबित भएका छन् । उनले भारतका ख्याति प्राप्त राजस्थान, दिल्ली लगयत बिभिन्न शहरबाट आएका कुस्ती बाजहरुलाई पराजित गरे पछि नाकय साबित भएका हुन ।

उनले मंगलवार देखि अलाप संस्थाको आयोजनामा जारी प्रतियोगीतामा निकै राम्रो प्रर्दशन गरी गरेका छन् । कुश्ती दंगल प्रतियोगिता थापा अशोकसंग १० मिनेट सम्म भिडेर उक्त प्रतियोगीतामा बिजयी भएका हुन । २९ कुस्तीबाज सहभागी रहेका प्रतियोगीतमा अशोकले दिएको चुनौतीलाई स्विारक गरी थापा उनीसंग भीडेका थिए । भारतको राजस्थामा निकै खयती कमाएका अशोक र  भारतको दिल्ली स्थित आजादनगरको एक होटलमा काम गर्ने नेपाली शंकर थापा बिच भएको कुस्ती अत्यन्तै रोमाञ्चक थियो । थापा नेपालको झापा बेलगाडीका हुन् ।

शुरुको ८ मिनेट भारतीय कुस्तीबाजबाट थापा नराम्ररी पछारिएका थिए । उनी ८ मिनेट सम्म उठन पनि सकेनन् । भंmटिने बाध जस्तै गरेका अशोक मैदानमा दुई मिनेटमैै थापालाई सुताउने गरी प्रहारमा लागे । तर बडो सजगका साथ अिशोकको हरेक प्रहारलाई थापाले बचाउ गरे । थापा अशोकलार्ई गलाउने रणनीतिमा लागे । कुस्तीका हरेक कला कौशल जानेका अशोकका प्रहारलाई बचाउ गर्न हम्मे हम्मे प¥यो । तर पनि थापा जीतको लक्ष्यलाई लिएर मैदानमा ८ मिनेट अडिए ।

थापाको खेल हेर्न नेपाली दर्शकको भीड थियो । कुस्ती खेल्दा खेल्दै गलेका अशोकको रहेक प्रहार बचाउ गर्ने नेपाली कुस्ती खेलाडी थापालाई नेपाली दर्शकले हौस्याए । नेपाली दर्शकले मैदान बाहिरबाट थापालाई उत्साह दिए । दर्शकको माया र उत्साह पाए पछि थापा निकै उत्साहित बने ।  गर्न थाले थापाले अशोक बिरुद्ध बिरुद्ध प्रहार । यस पछि कुस्ती खेल्दा खेल्दै थकित बनेका अशोकलाई मैदानमा लडाए । त्यस पछि लडाउदै ढेड मिनेट र्मै जिते । जितको निर्णयसंगै नेपालीले हौसिए नारा लगाए । जीतको खुसीमा नेपाली थापालाई कार्यक्रमा आएका पुर्व मन्त्री दान बहादुर चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्य घिमिरे, प्रहरी उपरिक्षक राजेन्द्र ढकालल लगायतले सक्दो ईनाम दिए ।

३ दिन सम्म संचालन भएको खेलमा भारत राजस्थान, दिल्ली, पंजाबबाट कुस्तीबाजहरु आएका छन् । कुस्ती प्रतियोगीतमा निकै भीड लाग्ने गरेको छ ।

Posted by Butwalonline on 8:15 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली कुस्तीबाज बने नायक"

Leave a reply