|

फेसबुकले मानिसहरुलाई आत्महत्याबाट बचाउने

फेसबुकले मानिसहरुलाई आत्महत्याबाट बचाउन नयाँ व्यवस्था सुरु गरेको छ, जसको माध्यमबाट काउन्सलसँग अनलाइनमा च्याट गर्न सकिन्छ । फेसबुकका प्रवक्ता फ्रेडरिक वोलन्सले भनेका छन्-हरेक रिपोर्टका साथ एक विकल्प दिइने छ, जसमा क्लिक गर्नासाथ कम्पनीलाई सामाग्री लेख्ने व्यक्ति आत्महत्या गर्ने सोचमा छ ।’

फेसबुकका अनुसार यस्तो जानकारी पाउनासाथ उक्त व्यक्तिलाई एक लिङ्क पठाइने छ, जसमा उसले काउन्सलसँग कुराकानी गर्न सक्नेछ । यस नयाँ व्यवस्थाले समस्यामा परेको तथा काउन्सलसम्म जान नसक्नेहरुलाई सहयोग पुग्ने कम्पनीको विश्वास छ । प्रवक्ताले भनेका छन्-’हामी यो मुद्धामा लामो समयदेखि काम गरिरहेका थियौं र यस्तो व्यवस्थाको विकासमा जुटेका थियौं ।’

उनका अनुसार कोही व्यक्तिले आफ्नो साथीको व्यवहारका बारेमा जानकारी दिए उक्त व्यक्तिलाई पनि सन्देश दिइनेछ, जसले समस्या सुल्झाउनेतर्फ आवश्यक कदम चाल्न सकिनेछ ।’ फेसबुकको लाखौं प्रयोगकर्ता छ र कयौं पटक मानिसहरुले फेसबुकमा आत्माहत्या गर्नु अघि टिप्पणी गरेका छन् । तत्कालका लागि यो सुविधा अमेरिका र क्यानडामा मात्र छ ।

अमेरिकामा हरेक दिन औसमा सय जनाले आत्महत्या गर्ने गरेका छन् । गत वर्षमात्र १८ वर्षभन्दामाथिका करिव ८० लाखले आत्महत्याको बारेमा सोचेको विभिन्न अध्ययनले देखाएको छ ।
                                                                                                                             साभार :ओनलइन खबर 

Posted by Butwalonline on 6:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेसबुकले मानिसहरुलाई आत्महत्याबाट बचाउने"

Leave a reply