चुलो छोएको आरोपमा कुटपिटले एक दलित युवाको मृत्यु
कालिकोट, मंसिर २८ - जुविथा ६ स्थित माइधाराको पसलमा चुलो छोएको आरोपमा कुटपिट गर्दा गत आइतबार साँझ एक दलित युवाको मृत्यु भएको छ ।
जसबहादुर शाहीको चिया पसलमा मनवीरे सुनारले चुरोट सल्काउन लाग्दा जसबहादुरकी श्रीमती बालकुमारी शाहीले दुर्वचन लगाएपछि झगडा परेको थियो । यसै क्रममा त्यही पसलमा मदिरा सेवन गरिरहेका वडा ८ का ३५ वर्षीय मिमबहादुर शाही र वडा ९ का ४५ वर्षीय दीपबहादुर शाहीले कुटपिट गर्दा जुविथा ४ कै ३१ वर्षीय मनवीरेको मृत्यु भएको हो । मिमबहादुर माओवादीका इलाका सदस्य हुन् ।
शनिबार दिउँसो जंगलमा दाउरा काटेर बेलुकी घर फर्किएर गाउँको पसलमा चुरोट किन्न गएका सुनारलाई कुटपिट गरेपछि छिमेकीले बोकेर घर ल्याएका थिए । घाइतेको पिसाब बन्द भएपछि स्थानीय रस्मी मेडिकल लगिएको र मेडिकलले पनि जिल्ला अस्पताल लैजान भनेपछि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो । मंगलबार पोस्टमार्टममा संलग्न जिल्ला स्वास्थ्य प्रमुख डा. रवीन खड्काले भने, 'आन्द्रामा इन्ज्वरी रहेछ ।'
शनिबारको घटनापछि जिल्ला अस्पताल चौर ल्याउने क्रममा मान्म बजारमा आइतबार बेलुकी सुनारको मृत्यु भएको स्थानीय दिनेश चदाराले बताए । 'पहिले साहुजीकी पत्नी बालकुमारी शाहीले आजकालका डुम घरभित्रै पस्न थाले भनेर गाली गरिन्,' दलित अगुवा चदाराले भने, 'पछि रक्सी पिइरहेका दुईजनाले कुटपिट गरे ।' प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले घटना जातीय छुवाछूतका कारण सिर्जित भएको बताए । मृतकका बुवा वीरभदे सुनारले आँसु बगाउँदै पसलमा रक्सी पिएर बसेका कथित माथिल्लो जातका भन्नेले कुटपिट गरेर हत्या गरेको बताए । मृतक वीरभदेका एक्ला छोरा हुन्् । उनी अर्ध चेत अवस्थामा छन् ।
कुटपिटमा संलग्न दुवै जनालाई जुविथास्थित खल्लागाड प्रहरी चौकीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखेको छ । मृतकको जिल्ला अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कार गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाकी प्रत्यक्षदर्शी बालकुमारी शाहीले प्रहरीलाई दिएको बयानमा चुलो छोएपछि आफूले गाली गरेको त्यसपछि भएको भनाभनमा शाहीद्वयले कुटपिट गरेको बताएकी छन् ।
स्रोत :कान्तिपुर