|

भैलो खेलेर संकलन गरेको रकमले शिक्षकहरुलाई तलब

रोल्पा,माघ ९ - रोल्पाको एक बिद्यालयले भैलो खेलेर संकलन गरेको रकमले शिक्षकहरुलाई तलब खुवाउने गरेको छ । जिल्लाको दक्षिणी पश्चिमी क्षेत्रमा पर्ने नुवागाउा १ द्वारपानीमा रहेको शिव माध्यामिक विद्यालयले विगत एक वर्षदेखि भैलो कार्यक्रमबाट संकलित रकमले बिद्यालयमा नीजि श्रोतमा कार्यरत शिक्षकलाई तलव खुवाउादै आएको छ । विद्यालयले यसवर्षको भैलो कार्यक्रमबाट ८४ हजार रुपैयाा संकलन गरेको र गतवर्षको भैलो कार्यक्रमबाट पनि एक लाख १३ हजार रुपैयाा संकलन गरि शिक्षकलाई तलब खुवाइरहेको विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 7:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भैलो खेलेर संकलन गरेको रकमले शिक्षकहरुलाई तलब "

Leave a reply