|

वर्तमान सरकार आन्दोलनबाटै ढाल्ने कोइरालाको दावी

ज्ञानु गौतम,सल्यान,माघ ९ -नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूले सरकारको नेतृत्व गर्दा भएका द्वन्द्वकालका घटनाहरुको नैतिक जिम्मेवारी लिन तयार रहको बताउनुभएको छ । आज प्रेस युनियन सल्यानले गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि वर्तमान सरकारको वर्हिगमन अनिवार्य भएको धारणा राख्नुभयो । सरकारमा रहेका दलहरुले आन्दोलनको घोषणा गर्नुले प्रजातान्त्रिक मुल्य र मान्यताको खिल्ली उडाएको टिप्पणी गर्दै नेता देउवाले देश गम्भीर दलदलमा फसेकाले राजनीतिक निकासका लागि सहमतिनै उत्तम विकल्प भएको बताउनुभयो । एकीकृत नेकपा माओवादी अध्यक्ष दाहालले विपक्षी दलहरु आन्दोलन छोडेर सहमतिमा नआए शान्ति सम्झौता च्यात्छु भन्दै हिडनु पनि सहमतिको बाधक एकीकृत माओवादीनै हो भन्ने पुष्टि भएको दावी देउवाले गर्नुभयो । 

नेपाली काग्रेसका सभापति सुशील कोइरालाले वर्तमान सरकार आन्दोलनबाटै ढाल्ने दावी गर्नुभएको छ । आज चितवनमा कार्यकर्ताहरुसागको भेटघाटमा सभापति कोइरालाले प्रधानमन्त्री भट्टराईलाई सहमतिका लागि आग्रह गरे पनि बेवास्ता गरिरहेकाले आन्दोलनको आवश्यकता रहेको बताउनुभयो । उहााले आग्रहलाई वेवास्ता गरे अझै कडा आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो । सहमतिय सरकार गठनका लागि प्रधानमन्त्री भट्टराई बाधक रहेको भन्दै सभापति कोइरालाले वर्तमान सरकारको वर्हिगमन नभएसम्म मुलुकले निकास नपाउने दावी गर्नुभयो । विपक्षी दलले सरकार र एकीकृत माओवादी विरुद्व घोषणा गरेको २० दिने आन्दोलनका कार्यक्रम पहिलो चरणका मात्रै भएकाले आवश्यक अझै शसक्त आन्दोलन घोषणा गरिने उहााले बताउनुभयो । सरकारविरुद्व गरिने आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई कोइरालाले निर्देशनसमेत दिनुभएको छ ।

Posted by Butwalonline on 7:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वर्तमान सरकार आन्दोलनबाटै ढाल्ने कोइरालाको दावी"

Leave a reply