मनोमानी रुपमा विद्युत कटौती गरेको भन्दै विद्युत प्राधिकारणमा ताला
ज्ञानु गौतम,तुलसीपुर,माघ ९ - अनियमितरुपमा विद्युत कटौती गरेर जनजीवन असहज बनाएको भन्दै दाङको तुलसीपुरमा रहेको विद्युत प्राधिकारणमा ताला लगाइएको छ । तुलसीपुरका उद्योगी व्यापारी, विद्यार्थी, पत्रकारहरुले विद्युत प्राधिकरण प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।
आन्तरिक लोडसेडिङ् अन्त्य गर्ने यसअघि प्राधिकरणले प्रतिबद्वता जनाए पनि मनोमानी रुपमा विद्युत कटौती गरेर तुलसीपुर बासीलाई सास्ती पुर्याएको भन्दै उनीहरुले ताला लगाएको बताएका छन् । लोडसेडिङ अन्त्यका लागि विहान विद्युत प्राधिकरणका प्रमुख रामअयोध्या राय यादवसाग छलफल समेत गरिएको थियो । छलफलमा प्रमुख यादव सकारात्मक नभएपछि तालावन्दी गरेको रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले जानकारी दिनुभयो । उहाले माग सुनुवाई नहुादासम्म तालाबन्दी जारी रहने जानकारी दिनुभएको छ ।