|

सम्पत्ती शुद्विकरण नियन्त्रण अध्यादेश पास नभए नेपाल कालोसूचीमा

काठमाडौं,माघ ९ - नेपालले सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धि कानून समयमै पारित नगरेकोमा अमेरिकाले चासो ब्यक्त गरेको छ । नेपालका लागि अमेरिकी राजदुत पिटर डब्लु बोडेले आज अर्थमन्त्री बर्षमान पुनलाई भेटेर सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित संगठित अपराध नियन्त्रण सम्बन्धि अध्यादेश पारित नभए नेपाल कालोसूचिमा पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्थ मन्त्रालयमा भएको भेटमा राजुदत बोडेले आगामी अर्को महिना बस्ने एफएटिएफको बैठकभित्र अध्यादेश पास नभए नेपाल कालोसूचिमा पर्ने बताउनुभयो । जवाफमा अर्थमन्त्री पुनले जसरी पनि अध्यादेश पारित गराएर देशलाई कालोसूचीमा पर्नबाट बचाईने प्रतिबद्धता व्यक्त गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ । अहिले अध्यादेश मन्त्रीपरिषबाट सिफारिस भएर राष्ट्पति कार्यालयमा रोकिएको जानकारी गराउनुभयो । भेटमा अमेरिकी राजदुत बोडेले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग र कार्यन्वयनका बारेमा पनि चासो राख्नुभयो । मन्त्री पुनले पूर्ण बजेट आउन नसकेको भए पनि देशमा लगानीमैत्री वातावरण बन्दै गएको दाबी गर्नुभयो ।

Posted by Butwalonline on 7:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सम्पत्ती शुद्विकरण नियन्त्रण अध्यादेश पास नभए नेपाल कालोसूचीमा "

Leave a reply