|

साढे ६ लाखमा बेचिन आमाले आफ्नी ११ वर्षीया छोरीलाई

हरेक आमाबाबुलाई आफ्नो सन्तान आफूभन्दा पनि प्रिय लाग्छ । तर, भारतमा एक आमाले आफ्नी ११ वर्षीया छोरीलाई बेचिदिएकी छिन् ।

भारतको राजस्थान राज्यको झरखण्डकी एक महिलाले आफ्नो छोरीलाई लिलामीमा राखेर साढे ६ लाख भारुमा बेचेकी छिन् । खरिद विक्रि सम्झौता दश रुपैयाँ स्टाम्प कागजमा गरिएको छ र रकम किस्तामा दिने सहमति भएको छ । पहिलो किस्ता बराबर २ लाख भने आमाले लिइसकेकी छिन् ।

जन्म दिने आमाले बेचेको थाहा पाएपछि बालिका विरोध गर्दै बस्तीबाट भागेकी थिइन् । किनकेलमा संलग्नहरुले उनीलाई लखेटेपछि एक होटलमा पसेकी बालिका फर्निचरमा लुकिन र त्यहाँ रहेका कसैले पुलिसलाई खबर गरिदियो ।

प्रहरीले बालिकाको आमासँग खरिदकर्तालाई पनि पक्राउ गरेको छ । पक्राउ परेकी ती क्रुर आमाले भने पञ्चालयले आफूमाथि लगाएको साढे ४ लाखको जरिवाना तिर्न आफूले छोरीलाई बेच्न खोजेको बताएकी छिन् ।

उनका अनुसार बालिकाको विवाह माधोपुरमा एकसाग पक्का गरिएको थियो । तर, आमाले केही समयमा नै छोरीलाई फिर्ता ल्याएपछि गाउँ पञ्चायत बस्यो र उक्त कदमलाई गलत ठहर गर्दै अर्थिक जरिवाना तोक्यो । युवतीको परिवारलाई केही पैसा दिएर विवाह गरिन्छ ।

बालिकाले आफूलाई आमाले बेचेको र कन्जरी बस्तीमा लगेर अनैतिक कार्य गर्न दबाव दिएको बताएकी छिन् । आफूलाई कुटपिट समेत भएको भन्दै उनले मुम्बईमा बेच्ने कुरा भएपछि आफू भागेको प्रहरी समक्ष बनाएकी छिन् । बालिकालाई अहिले बालिका गृहमा राखिएको बीबीसीले जनाएको छ ।  स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 7:48 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साढे ६ लाखमा बेचिन आमाले आफ्नी ११ वर्षीया छोरीलाई"

Leave a reply