|

मृत्यु भएको आठ महिनापछि मात्र साउदी अरबबाट शब नेपाल ल्याइयो

खोटाङ, माघ १३ –साउदी अरबमा ज्यान गएको आठ महिनापछि खोटाङ सप्तेश्वर ७ का जीवन राईको शब नेपाल ल्याइएको छ ।

शव ल्याउनका लागि आवश्यक रकम पठाउन नसक्दा साउदीमा रोकिएको शव बैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सहयोगमा नेपाल ल्याइएको आफन्त भीमसेन राईले बताउनुभयो ।

बिहीबार राती काठमाडौं ल्याइएको राईको शव शुक्रबार पशुपति वनकालीमा दाहसंस्कार गरिएको आफन्तले बताएका छन् । शव स्वेदश ल्याउनका लागि साउदीअरब सरकारले नेपाली दुताबासमार्फत मृतकका परिवारलाई १० हजार कतारी रियल मागेको थियो । तर निम्न आर्थिक अवस्थाका राई परिवारले रकम पठाउन सकेका थिएनन् ।

कम्पनीबाट भागेर अर्कै ठाउँमा अबैधानिक रुपमा काम गर्ने क्रममा ज्यान गुमाएका कारण उहाँको शव नेपाल फर्काउन कठिन भएको थियो । सुतेकै ठाउँमा राती बेहोस भएका राईको अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । राईको शव नेपाल फर्काउन खोटाङ सदरमुकाम दिक्तेलस्थित सुरक्षित आप्रबासन परियोजना केन्द्र सामीले आवश्यक कागजात जुटाएर बैदेशिक रोजगार प्रबद्र्दन बोर्ड समक्ष पहल गरिदिन आग्रह गरेको थियो ।स्रोत : उज्यालो नेटवर्क

Posted by Butwalonline on 7:34 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मृत्यु भएको आठ महिनापछि मात्र साउदी अरबबाट शब नेपाल ल्याइयो "

Leave a reply