जेलभित्र भएको हिंसात्मक झडपमा ५० जनाको ज्यान गयो
माघ १३ – भेनेजुयलाको दक्षिण पश्चिमी भेगमा रहेको एक जेलमा हिंसात्मक झडप हुँदा कम्तीमा ५० जनाको ज्यान गएको छ ।
९० जना घाईते भएका छन् । ज्यान गुमाउनेमा कैदी, सुरक्षा गार्ड र जेलका कर्मचारी रहेका छन् । स्थानीय सञ्चारमाध्यमले उरिबाना जेलमा हतियार खोजीका लागि सैनिक पठाइएको समाचार प्रशारण गरेपछि झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जेल मन्त्री आईरीस भ्यारेलाले भने नियमीत जाँचका लागि जेलबाहिर निकाल्ने क्रममा कैदीले सुरक्षा गार्डमाथि आक्रमण गरेपछि झडप भएको दावी गर्नुभएको छ ।स्रोत : उज्यालो नेटवर्क
