आफैले चलाएको ट्याक्टरको स्टेरिङले चेपिएर ड्राइभरको मृत्यु

सिरहा, चैत ३० – चन्द्रोदयपुर–९ घुर्मिखोलामा आफैले चलाएको ट्याक्टरको स्टेरिङले चेपिएर शनिवार राती ड्राइभरको ज्यान गएको छ ।घुर्मिखोलाबाट बालुवा ल्याइरहेको बेला उकालो चढ्ने बेलामा को. १ त १३५३ नम्बरको ट्याक्टरको अगाडिको भाग उचालिएर छाती चेपिदा चालक विष्णुपुर–९ का २७ वर्षका सञ्जित कामतीको घटनास्थलमै ज्यान हो । धेरै लोड भएका कारण उकालोमा ट्याक्टरले लोड तान्न नसकेपछि दुर्घटना भएको हो । कामतीको शव जिल्ला अस्पताल सिरहा लगिएको प्रहरीले जनाएको छ । यहाँका ट्याक्टरहरु क्षमताभन्दा बढी लोड गर्ने कारण दुर्घटना हुने प्रहरीको भनाई छ ।श्रोत:उज्यालो

7:04 AM | Posted in | Read More »

बस दुर्घटनामा परी, तीनको मृत्यु, ४० घाइते

ओखलढुंगा १७ माघ, ओखलढुंगामा भएको बस दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ४० यात्रु घाइते भएका छन् ।सिन्धुलीको झाँगाझोलीको रातमाटेवाट खोटाङ हलेसी महादेव दर्शनका लागि जाँदै गरेका तीर्थयात्रु बोकेको बा २ ख ७०६३ नम्बरको बस ओखलढुंगाको थाक्ले ८ सुक्लाटारमा शुक्रवार साँझ दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्द अधिकारीले बताए । दुर्घटना परी सिन्धुली झाँगाझोली राटमाटेका ६३ वर्षीय विष्णुबहादुर श्रेष्ठ र सोही स्थानकी सावित्रीमाया श्रेष्ठको मृत्यु भएको अधिकारीले जानकारी दिए । अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको अधिकारीले वताए ।बस सडकवाट तीन सय मिटर तल खसेको छ । दुर्घटनाको कारणबारे खुल्न नसकेको डिएसपी अधिकारीले वताए ।ऑनलाइन खबर

3:41 PM | Posted in | Read More »

ट्याक्टर र मोटरसाइकल ठोक्किदा किशोरीको मृत्यु

अर्घाखाँची, माघ १७ – सन्धीखर्कमा शुक्रबार दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किदा १ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
अर्घाबाट सन्धीखर्कतर्फ छुटेको लु २ त ६९७६ नम्बरको ट्याक्टरमा त्यसै दिशाबाट आएको लु १४ प ३५६० नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा पछाडि बसेकी १४ वर्षकी विपसा बस्यालको ज्यान गएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी बस्यालको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक युवराज भुसालको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ ।उज्यालो

2:47 PM | Posted in , , | Read More »

यात्रु बसमै बालिका बलात्कृत

बैशाख २ - भारतको राजधानी नयाँ दिल्लीमा सार्वजनिक बसमा फेरी पनि बलात्कार भएको छ ।बसमा एउटी बालिकालाई गत शनिवार बलात्कार गरेको आरोपमा प्रहरीले बस चालक ४२ वर्षिय राकेश कौशललाई नियन्त्रणमा लिएको छ ।

खेल्ने क्रममा रोकी राखेको बसमा चढेकी १० वर्षीया बालिकालाई ती चालकले बलात्कार गरेको प्रयास गरेका थिए ।बालिकाले घटनाको बारेमा परिवारका सदस्यलाई बताएपछि उनीहरुकै उजुरीको आधारमा बस चालक पक्राउ परेका हुन् ।

गतवर्ष दिल्लीमा बसमा नै एउटी युवतीमाथि सामुहिक बलात्कार भएको थियो । बलात्कृत युवतीको उपचारका क्रममा निधन भएको थियो भने बलात्कारको आरोपमा पक्राउ परेका एक जनाले जेलमा नै आत्महत्या गरेका थिए ।स्रोत -उज्यालो

8:01 AM | Posted in , , | Read More »

चट्याङ लाग्दा बालकसहित दुई जनताको मृत्यु

सिन्धुपाल्चोक, चैत ८ - हावाहुरीसँगै परेको चट्याङ लाग्दा बिहीबार हिमाली गाउँ सेलाङमा बालकसहित दुई जनताको मृत्यु भएको छ। चट्याङले पाँच स्थानीय घाइते भएका छन्। दिउँसो तीन बजेतिर घरमा बसिरहेको बेला परेको चट्याङले सेलाङ-९ की ३५ वर्षीया कुलकुमारी थापा र सोही ठाउँका पाँच वर्षीय बालक रन्जित थापाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजनकुमार राजभण्डारीले उनीहरुको घटनास्थलमै ज्यान गएको बताए।त्यस्तै चट्याङ लागेर सावित्री थापा, रमेश थापा, बहादुर थापा, पूर्णमाया थापा र १२ वर्षीय बालक सुमन थापा घाइते भएका छन्। घाइतेमध्ये सावित्री, रमेश र पूर्णमायालाई उपचारका लागि साँझ चौतारा अस्पताल ल्याइएको छ। सामान्य अवस्थाका दुईको गाउँमै प्राथमिक उपचार भएको छ। चट्याङले मृतकका दुई घरमा क्षतिसमेत पुर्‍याएको इन्स्पेक्टर राजभण्डारीले बताए।स्रोत : नागरिक न्युज

7:33 PM | Posted in | Read More »

बुहारी र नाती मृत भेटिएको खबर सुनेर सासुको मृत्यु

ताप्लेजुङ, चैत ५ - आफ्नी बुहारी र नाती मृत भेटिएको खबर सुनेर ताप्लेजुङ साँवाकी एक वृद्धाको अचानक ज्यान गएको छ। बुहारी र नाती मृत भेटिएको खबर सुनेको केही समयपछि सासु बुद्धरानीको पनि ज्यान गएको स्थानीय मंगलसिंह साँवाले जानकारी दिए।

एउटै घरका ३ जनाको मृत्यु भएको यो क्षेत्रमा सोही घरका १४ दिनका एक शिशु भने बेपत्ता छन्। साँवा गाविसको दलैंचाका-३८ वर्षीया कमला लिम्बु र उनका ५ वर्षीय छोरा आज बिहान मेवा खोलामा तैरिई रहेको अवस्थामा फेला परेका थिए। 

कमलाकी १४ दिनका एक शिशु भने बेपत्ता छन्। स्थानीयका अनुसार कमलाले आफ्ना ५ वर्षे र १४ दिनका शिशुलाईसँगै लगेकी थिइन्। १४ दिनका शिशुको अवस्था अज्ञात रहेको छ। स्थानीयहरुले कमलाले आफ्ना सन्तानका साथ आत्महत्या गरेको हुन सक्ने अनुमान लगाएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जिवबाबु खड्काले भने घटना बारे अनुसन्धान जारी रहेको भन्दै शवको पोष्टमार्टमपछि मात्रै विस्तृत जानकारी बाहिर आउने बताए। उनले पानी परिरहेको र परिचालित टोलीसँग सम्पर्क स्थापित हुन नसकेकोले शव बाहिर निकाल्ने कार्यबारे जानकारी आउन नसकेको बताए। घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्दछ।

कमलाका श्रीमान् लालबहादुरको १५ महिना अघि मृत्यु भएको थियो। श्रीमानको मृत्युपछि उनको बच्चा भएको भन्दै गाउँलेले जिस्क्याउन थालेपछि उनले आफ्ना २ सन्तानका साथ आत्महत्या गरेको हुन सक्ने गाउँलेको अनुमान छ। यद्यपी घटनाको स्वतन्त्र पुष्टि भने भएको छैन। उनका ८ र १० वर्षका २ छोराहरु घरमै छन्। आमाछोराको शव ५ मिटरको फरकमा खोला छेउमा तैरिइ रहेको अवस्थामा फेला परेको र शिशुको अवस्था पत्तो लाग्न नसकेको प्रहरीको भनाइ छ।स्रोत : नागरिक न्युज

7:56 PM | Posted in | Read More »

पोल फेर्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु ६ जना घाइते

भक्तपुर, चैत्र २ - भक्तपुरको सानोठिमीमा पोल फेर्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।पोल सार्ने कामदारलाई करेन्ट लाग्दा उद्दारका लागि पुगेको नुवाकोटका नविन ठकुरीको ज्यान गएको हो ।महानगरीय प्रहरी अस्थायी पोष्ट सानोठिमीका प्रहरी नायव निरीक्षक भगवान भण्डारीका अनुसार करेन्ट लागेर फुर्पा पाखि्रन, शरण गिरी, राम दोङ, रमेश गिरी, शम्भु तामाङ, कृष्ण गिरी घाइते भएका छन् । उनीहरु मजदुर हुन् । घाइतेहरुको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार भइरहेको छ ।स्रोत : कान्तिपुर

1:02 PM | Posted in | Read More »

लिम्बु पत्रकार संघका अध्यक्ष सुतेकै ठाउँमा मृत भेटिए

इटहरी, चैत १- लिम्बु पत्रकार संघका अध्यक्ष युवराज लिम्बु सुतेकै ठाउँमा मृत भेटिएका छन्। संघको हिजो र अस्ति धरानमा सम्पन्न प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका उनी इटहरी-४ कृष्णबहादुर राईको घरमा सुतेकै अवस्थामा आज बिहान मृत भेटिएका हुन्।

संघका पूर्व संयोजक देवेन्द्र खापुङ र उनी वल्लो पल्लो कोठामा सुतेकोमा युवराज मृत भेटिएको कृष्णबहादुर राईले जानकारी दिए। मोरङको इटहरा-५ धाद्रा स्थायी घर भएका उनी काठमाडौंबाट प्रकाशित हुने गोर्खा साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक थिए। राजधानीको आरआर क्याम्पसबाट पत्रकारितामा स्नातकसम्मको पढाइ पूरा गरेका उनी संघको प्रथम महाधिवेशनका लागि केही दिनअघि पूर्वी नेपालको सहरमा आएका थिए।

प्रहरीले शवको प्रारम्भिक अनुसन्धान गरेको छ। प्रारम्भिक अनुसन्धानले मृत्यु हुनुको कारण बारे शंकास्पद स्थिति नभेटिएको प्रहरीले जानकारी दियो। इटहरामा रहेका परिवारलाई बोलाएर शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको छ।स्रोत : नागरिक न्युज

8:09 AM | Posted in | Read More »

माइत आएकी ४६ वर्षीया महिला सामूहिक बलात्कृत

सुर्खेत, फागुन ३० - माइत आएकी एक महिला सोमबार राति वीरेन्द्रनगर, कालागाउँमा सामूहिक बलात्कृत भएकी छन्। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ। ४६ वर्षीया दलित महिला राति करिब १० बजे सामूहिक बलात्कारको शिकार भएकी हुन्।

माइतीको छिमेकमा विवाह हेर्न गएको बेला पाँच/छ जनाको समूहबाट उनी बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वनिरञ्जन प्रधानले बताए। महिलालाई कालागाउँको मित्रटोल नजिकै जङ्गलमा लगेर बलात्कार गरिएको उनको भनाइ छ। 'जङ्गलमा महिला चिच्याएको आवाज आएपछि गाउँलेहरु गएर उद्धार गरे,' उनले भने, 'उनलाई विवाह हेर्न आएका युवाहरुले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।' शंकास्पद व्यक्तिलाई हिरासतमा राखी अनुसन्धान भइरहेको उनले बताए।

डोटी घर भएकी ती महिला साताअघि माइत आएकी थिइन्। प्रहरीले घटनास्थलबाट च्यातिएका कपडा, भित्री बस्त्र फेला पारेको छ। घटनास्थलको प्रकृति हेर्दा महिलाले आफ्नो इज्जत बचाउन धेरै संघर्ष गरेजस्तो देखिन्छ,' एक प्रहरी अधिकृतले भने, ‘घटनास्थलमा चुराहरु फुट्नुका साथै कपडा च्यातिएको अवस्थामा भेटिएका छन्।'

पीडित महिलाका आफन्तले जङ्गलमा चिच्याएको आवाज आएपछि घटनाबारे थाहा पाएको बताएका छन्। ‘सबै विवाहमा रमाइलो गर्दै थिए,' एक आफन्तले भने, ‘घरमा सुत्न जाने बेला केटाहरुले अपहरण गरी जङ्गलमा लिएर इज्जत लुटेछन्।' महिलाका पाँच छोराछोरी छन्।स्रोत : नागरिक न्युज

7:30 PM | Posted in | Read More »

आफ्नै श्रीमतीलाई कुटेर मारे श्रीमानले

पोखरा, फाल्गुन २८ - छिमेकी जिल्ला पर्वतको कुर्घा-३ का गोबिन्दबहादुर क्षेत्रीले ५१ बर्षीया श्रीमती बिष्णुकुमारीको हत्या गरेका छन । ५७ बर्षीय गोबिन्दलाई प्रहरीले पक्राउ गरेको छ  ।

पर्बत प्रहरीका डिएसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक मादक पदार्थ सेवन गरेका गोबिन्दले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन । शनिवार दिउँसो ओछ्यानमा मृत फेला बिष्णुको पोष्टमार्टमपछि हत्या भएको खुलेको हो । 

शनिवार बिष्णुकुमारी बाहिर नदेखिएपछि स्थानीयले हत्याको शंका गरेका थिए । तर गोबिन्दले कोठामै सुतेको भन्दै गाउँलेलाई छक्याउँदै आएका थिए । तर छिमेकीले गएर हातको नाडी छामेपछि मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी निरीक्षक श्याम अर्यालको नेतृत्वमा गएको टोलीले शव सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याएर पोष्टमार्टम गरेको थियो । मृतकको अनुहार र टाउकोमा गम्भिर चोट र करङसमेत भाँच्चिएको छ । गोबिन्दले श्रीमती बिष्णुमायालाई जाँतोमा टाउको ठोक्काएर र लौरोले हिर्काएर हत्या गरेको प्रहरीले स्थानीयको भनाई उद्धृत गर्दै जनाएको छ ।

प्रहरीका अनुसार दम्पत्तिले दिनहुँ मादक पदार्थ सेवन गरी झगडा र एकापसमा कुटाकुट गर्थे । श्रीमान्ले कुट्ने र श्रीमतीले ढोका नखोल्ने क्रियाकलाप लामो समयदेखि हुँदै आएको थियो ।

मृतकका दुई छोरा नेपाल प्रहरी र अन्य २ छोरा भारतमा कार्यरत छन । बुहारी र नातिनातिना सबै बाहिर रहेका र घरमा गोविन्दकी ९० बर्षीया आमामात्रै थिईन । स्रोत : कान्तिपुर

7:12 PM | Posted in | Read More »

छोरीसँग जबरजस्ती यौन सम्बन्ध राख्ने बाबु प्रहरीको खोरमा

वीरगञ्ज, फागुन २८ - छोरीसँग जबरजस्ती यौन सम्बन्ध राखेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सीमरा बाराका बिष्णुबहादुर खड्काले बिहेको गरेको श्रीमतीसँगै आएकी झटेकेलो छोरीसँग जबरजस्ती यौन सम्बन्ध राखेको भनि उनीबिरुद्ध पीडित किशोरीले प्रहरीलाई उजुरी दिएकी छन्।

४० बर्षे खड्कालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। पहिलो श्रीमामनबाट जन्मिएको छोरीकी आमासँग उनले केही वर्षअघि बिहे गरेर छोरीसहित ल्याएका थिए। वीरगञ्जको नगवास्थित भाडाको कोठामा राखी फागुन ११ देखि २० गतेसम्म दिनहुँ जबरजस्ती शारीरिक सम्बन्ध बनाएको भनि अन्दाजी १५ वर्ष उमेर पुगेकी ती किशोरीले बाबुविरुद्ध प्रहरीलाई उजुरी दिएकी छन्।आफूसँग त्यस्तो काम बाबुले दिनदिनै गर्न थालेपछि आजित भएर प्रहरीमा आउनु परेको भन्ने प्रहरी महिलालाई उनले बताएकी छन्। जिल्ला प्रहरी कार्यालय पर्साले नारायणी उपक्षेत्रीय अस्पतालमा किशोरीको शारीरिक परिक्षण गराएर मुद्दा अगाडी बढाएको छ।स्रोत : नागरिक न्युज

7:11 AM | Posted in | Read More »

बुहारीको हत्या गरेको आरोपमा सासूससुरा पक्राउ

गुलरिया, फाल्गुन २७ - बुहारी हत्या आरोपमा प्रहरीले सासूससुरा, जेठानी र एक छिमेकीलाई पक्राउ गरेको छ ।

बर्दिया नेउलापुर ४ की रञ्जना योगी थारूलाई हत्या गरिएको आशंकामा छोटेलाल (५१ वर्ष), असनी (५४ वर्ष), मनतुनी (२५ वर्ष) र छिमेकी भोजलाल थारू (३० वर्ष) लाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक यमुना रजकले बताए । योगीको शरीरमा नीलडाम, घाँटीको दुई ठाउँमा कोतारिएको र कानबाट रगत बगेको अवस्थामा शव फेला परेकाले हत्या को आशंका गरिएको उनले जनाए । योगी थारू घरमा झुन्डिएको अवस्थ्ाामा देखेपछि चार जनाले डोरी फुकालेको प्रहरीले बतायो । 

घटनालगत्तै प्रहरीलाई कुनै जानकारी नदिई आफैं डोरी झिकेको र शरीरमा नीलडाम भेटिएकाले शंकास्पद भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले बर्दिया अस्पताल गुलरियामा शवको परीक्षण गराएको छ । शव परीक्षणको रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनायो ।

मृतकका दाजु धर्मराज योगीले बहिनीको हत्या घरका परिवारबाटै भएको जाहेरी प्रहरीलाई दिएको बताए । गत भदौमा योगी र थारूबीच अन्तरजातीय विवाह भएको थियो । विवाह भएको केही समयपछि योगीका श्रीमान् रोजगारीका लागि साउदी अरब गएका थिए । उनले फागुन २२ गते मृतक योगीलाई रकम पठाउन मनी एक्सचेन्जमा सम्पर्क राख्न भनेका थिए । त्यसको भोलिपल्ट साँझ करिब साढे ६ बजे शंकास्पद अवस्थामा उनको शव घरमा फेला परेको थियो ।

'श्रीमान् विदेश गएपछि उनले नागरिकता बनाइदिन सासूससुरालाई पटकपटक आग्रह गरेकी थिइन्,' दाज्ाु धर्मराजले भने, 'तर घरपरिवारले बनाइदिएनन् ।' विदेशबाट आउने रकमका लागि नागरिकता हुनुपर्ने भएका कारण उनीहरूले रकम नपाउने भन्दै नागरिकता बनाउन नमानेको हुन सक्ने उनको आशंका छ ।

विदेशबाट श्रीमान्को फोन आउँदा 'हेन्ड फ्री ' गर्न लगाउने र योगीमाथि अनेकखाले घरेलु हिंसा भएको आरोप आफन्तको छ । अर्का दाजु कमल नाथले बहिनीको हातखुट्टा बाँधेर हत्या गरिएको दाबी गरे ।

प्रहरी हिरासतमा रहेका योगीका ससुरा छोटेलालले झुन्डिएको अवस्थामा हातखुट्टा चलेको देखेपछि उनलाई अस्पताल लैजान भनी डोरी फुकालेको बताए । 'बुहारीलाई हामीले मारेको होइन । उनी झुन्डिएर मरेकी हुन्,' उनले भने ।' सासू असनीले बुहारीलाई मार्ने कुनै कारणै नभएको उल्लेख गर्दै दुश्मनहरूले फसाउन खोजेको आरोप लगाइन् । स्रोत : कान्तिपुर

7:23 AM | Posted in | Read More »

एक किशोरीको नारायणगढको होटल कोठामा रहस्यमय मृत्यु

चितवन, फाल्गुन २५ - अन्तरजातीय विवाह गरेकी नवलपरासीकी एक किशोरीको नारायणगढको होटल कोठामा रहस्यमय मृत्यु भएको छ । स्थानीय कैलाश होटलमा मंगलबार मध्याह्न कोठा लिई श्रीमान्सँग बसेकी उनी राति झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।

नवलपरासीका प्रकाश थापासँग वर्ष दिनअघि बिहे गरेकी १८ वर्षीया गीता विकको मृत्यु भएको हो । सेनाको दुर्गा भज्जन गुल्म बाराका सिपाही थापा र विक मंगलबार मध्याह्न होटलमा आएर बसेका थिए । थापाले कोठा बुक गराउँदा ईश्वर केसी नाम लेखाएको खुलेको छ । २ बजे दुवैले सँगै खाना खाएका थिए । पछि थापा विकलाई कोठामा छाडेर बाहिरबाट ताला लगाई आमालाई भेट्न लोथर पुगेका थिए । साढे ८ बजे राति फोन गरेर होटल बन्द हुन्छ कि ? म आउँदै छु भन्दै सोधेका थिए । होटलवालाले ९ बजेसम्म खुला हुन्छ आउनु भने पनि थापा १० बजे पुगेका थिए । त्यसअघि होटलका 'रुम ब्वाई' कोठा चेक गर्न जाँदा बाहिरबाट ताला लगाए पनि भित्र टिभीको आवाज आएपछि उनले झ्यालमा गएर खाना खाने नखानेबारे विकलाई सोधेका थिए । उनले श्रीमान् आएपछि मात्र खाने जवाफ दिएकी थिइन् । त्यतिखेरसम्म उनी जीवितै रहेको होटलका सञ्चालकलाई उद्धृत गर्दै प्रहरीले बताए । थापा आएर ताला खोलेर हेर्न खोज्दा भित्रबाट चुकुल लगाएको पाइएको र ढोकालाई लात्ताले हानेर खोल्दा विक झुन्डिएको अवस्थामा फेला परेको थापाले प्रहरीसमक्ष बताएका छन् । त्यसलगत्तै सलको पासो खोलेर अस्पताल लग्दै गर्दा बाटैमा मृत्यु भएको थापाले प्रहरीलाई बताएका छन् । थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सात दिनको म्याद थप गरी हिरासतमा राखेर सोधपुछ थालिएको जिल्ला प्रहरी प्रमुख दीपक थापाले बताए । 'घटनाको अनुसन्धान जारी छ,' थापाले भने, 'केटीको पोस्टमार्टम रिपोर्ट नआई केही भन्न सकिन्न ।' अन्तरजातीय विवाह गरेको भन्दै थापाको परिवारले स्विकारेको थिएन । उता विभिन्न संघसंस्थाले किशोरीको हत्या परिवारबाट भएको भन्दै दलित संयुक्त संघर्ष समिति गठन गरी हत्यारालाई कारबाही माग गर्दै दबाब दिने जनाए । 'जातीय विभेदका कारण परिवारले मिलेर किशोरीको हत्या गरेका हुन्,' संघर्ष समिति सदस्य विजय विश्वकर्माले भने, 'त्यसैले घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गरिनुपर्छ ।' स्रोत : कान्तिपूर दैनिक

10:00 AM | Posted in | Read More »

विद्यार्थीको अश्लील भिडियो सार्वजनिक गर्ने शिक्षक पक्राउ

इटहरी,फागुन २४ -विद्यार्थीलाई यौनशोषण गर्ने तथा अश्लील भिडियो सार्वजनिक गर्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।सामाजिक सञ्जालमार्फत् स्थानीय उच्चमाविमा कक्षा ११ मा अध्ययनरत छात्राको अश्लील भिडियो सार्वजनिक गर्ने सगरमाथा बोर्डिङ स्कुल बेलबारीका शिक्षक गणेश दुलाललाई प्रहरीले पक्राउ गरेको हो।

प्रेमको नाटक गर्दै आएका शिक्षकले विभिन्न अर्धनग्न पोजमा खिचेका तस्बिर र भिडियो चार दिनअघि फेसबुकबाट सार्वजनिक गरेपछि ती छात्रा कारबाही माग गर्दै महिला अधिकारवादी संस्था एबीसी नेपाल र प्रहरी कार्यालय बेलबारी पुगेकी हुन्। २३ वर्षीय शिक्षक दुलालले यौनशोषण तथा झुक्याएर तस्बिर तथा भिडियो खिचेको पीडितले बताएकी छन्। स्रोत : नागरिक न्युज

8:13 AM | Posted in | Read More »

रगतले कक्षा कोठाको व्हाइट बोर्डमा प्रेमिकाको नाम लेखी आत्महत्या

महोत्तरी, फागुन २२ - महोत्तरीको बर्दिबासमा एक विद्यार्थीले कक्षा कोठामा आत्महत्या गरेका छन्। हात काटी रगत निकालेर कक्षा कोठाको व्हाइट बोर्डमा प्रेमिकाको नाम लेखी विद्यार्थीले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बाबुराम खडकाले बताए।

कक्षा ११ मा अध्ययनरत गौरीबाँस–२ का १६ वर्षीय निरज कार्कीले कक्षा कोठामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। दैनिक पाठ्यपुस्तकको समस्या लेखिने व्हाइट बोर्डमा कार्कीले 'आइ लव यु अस्मिता' लेखेपछि पंखामा झुण्डिएर उनले आत्महत्या गरेको प्रहरी निरीक्षक खडकाले बताए।

बर्दिबासस्थित देउराली उच्च माविको कक्षा ११ मा अध्ययनरत कार्कीले नवक्षितिज क्याम्पसको दोस्रो तल्लाको दक्षिणतिरको अन्तिम कोठामा गइ आत्महत्या गरेका थिए । बिहान विद्यार्थीहरु कक्षामा पस्न खोज्दा युवक झुण्डिएको देखेर अत्तालिएका थिए। विद्यार्थी अत्तालिएर भाग्न खोज्दा क्याम्पसमा हल्ला खल्ला नै मचेको थियो।

मृतक कार्कीले आफ्नो पाखुरकाटेकाले उनको शरीरबाट धेरै रगत बगेको प्रहरीले जनाएको छ। मध्यराति कार्कीले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ। मृतक कार्कीको साथबाट प्रहरीले सलाइ र लिपकेयर बरामद गरेको थियो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्रोत :नागरिक न्युज

12:31 PM | Posted in | Read More »

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

रत्ननगर (चितवन), फाल्गुन १६ - चितवनको बाँदरझुलाका एक चेपाङको कुटाईबाट आफ्नै श्रीमतीको मृत्यु भएको खुलासा भएको छ ।यहाँका प्रेम चेपाङले आफ्नै श्रीमती जुना चेपाङलाई कुट्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

दस वर्षअघि विवाह भएका उनीहरुको आपसी विवादका कारण श्रीमान्ले कुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।प्रेमलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपककुमार थापाले जानकारी दिए । उनीहरुको दुई छोरा रहेका छन् ।

तीन दिनअघि श्रीमान्द्वारा मरणासन्न हुनेगरी कुटिएकी जुनाको भरतपुर अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।रासस (स्रोत :कांतिपुर दैनिक)

6:51 PM | Posted in | Read More »

धर्मदिदिद्धारा 'धर्मभाईको घाटी रेटेर हत्या

पोखरा, फगुन १३- 'धर्मदिदि' को रुपमा रहेकी एक महिलाले 'धर्मभाई' लाई हत्या गरेकी छिन्। हत्या गर्ने महिलालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलका अनुसार धर्मदिदी बनेकी पोखरा-११ रानीपौवाकी ३५ वर्षिया कल्पना नकर्मीले उदयपुर साउनेपानी-९ घर भई पोखरा १२ फुलबारी बस्दै आएका २६ वर्षीय अमर रानामगरको हत्या गरेकी हुन्।

मृतकको शव पृथ्वीनारायण क्याम्पस नजिकै सेतीनदी माथिको चौरमा फेला परेको पौडेलले जानकारी दिए। पौडेलका अनुसार धारिलो हतियारले घाटी रेटेर उनको हत्या गरिएको थियो। मृतकको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ।

धर्मदिदी बनेर सम्बन्ध राख्दै आएकी नकर्मीले शनिबार बेलुकी ८ बजे रानामगरलाई भेट्न बोलाएको र त्यसै बेला अन्य दुई जना सहयोगिलाई बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ। 'मेरो भाई र म फूलबारीमा घुम्न गएका थियौ, त्यसैबेला दुईजना अपरिचत युवा आएर भाईलाई जर्बजस्ती लिएर गए, मेरा दुवैहात पछाडि लगेर बाँधेर छाडिदिए भन्दै रुँदै प्रहरीमा उजुरी गर्न आएकी थिइन्' प्रहरी प्रवक्ता पौडेलले भने, 'हामीलाई उनको गतिविधिमा शंका लागेर घटनास्थल देखाउ भन्दै लिएर गयौ र सोधपुछ गर्दा आफ्नै योजनामा हत्या भएको स्विकारिन्।'

राती नै घटनास्थलमा खोजतलास गर्दा मृतकको शव फेला परेको प्रवक्ता पौडेलले जानकारी दिए। हत्याका सहयोगी युवाको खोजी भइरहेको उनले बताए। नकर्मी महेन्द्रपुलमा चियापसल गर्दै आएकी थिइन् भने युवक पोखरामा मजदुरी काम गर्ने उनले जानकारी दिए।

'दुईजनाबीच लेनदेन रहेको र हिसाबकिताब नमिलाएकेा भन्दै हत्या गरेको खुल्न आएको छ' उनले भने, 'त्यसबाहेक अनैतिक सम्बन्ध समेत रहेको शंका छ।' प्रहरीका अनुसार हत्यामा संलग्न नकर्मीलाई कर्तव्य ज्यान मुद्दामा कारवाही हुनेछ। अपराध पुष्टि भएमा सर्वस्व सहित जन्मकैद हुने व्यवस्था छ।स्रोत : नागरिक न्यूज

3:06 PM | Posted in | Read More »

चाउँचाउ र अण्डा पकाएर सँगै खादाँ तनहुँमा एक जनाको मृत्यु

तनहुँ, फागुन १३- चाउँचाउ र अण्डा पकाएर सँगै खादाँ तनहुँमा एक जनाको मृत्यु भएको छ भने एक जना बरामी परेका छन्। खाजाको रुपमा चाउचाउ र अण्डा खादाँ शनिबार दुलेगौडा-२, नर्सरीका ४५ वर्षीय नरबहादुर पुनको मृत्यु भएको र उनकी १६ वर्षीया छोरी प्रगति पुन बिरामी परेको इलाका प्रहरी कार्यालय, बेलचौताराले जनाएको छ।


बिहान ११ बजे ओहो चाउचाउ र अण्डा पकाएर खाएपछि बेहोस भएका बाबु छोरीलाई उपचारका लागि सेतीगंगा सामुदायिक अस्पताल लगिएकोमा बाबुको थप उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी नायब निरीक्षक कर्णबहादुर केसीले बताए। चाउचाउ र अण्डा खाँदा बेहोस भएकी प्रगतिको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त भएको र घटनाको थप अनुसन्धान भइरहेको केसीले बताए।स्रोत : नागरिक न्यूज

5:08 AM | Posted in | Read More »

कतार जान हिँडेका युवक र युवतीको मृत्यु

काठमाडौं, ७ फागुन । बैदेशिक रोजगारीका लागि कतार जान हिँडेका सल्यान जिल्ला निवासी खमाने पुनमगरको आज विहान काठमाडौंमा मृत्यु भएको छ ।साथीको कोठामा आज विहान दुई बजे ३१ बर्षीय मगर बोहेस भएर लड्दा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सल्यान कालीमाटी–७ घर भएका मगर बनस्थलीस्थित अमरबहादुर डाँगीको कोठामा बस्दै आएका थिए ।

बोहोस मगरलाई तत्काल उपचारका लागि जनमैत्री अस्पताल बालाजु लगिएको थियो ।उता, सुनसरी जिल्लामा १८ बर्षीया युवती कञ्चन मेहताको हत्या गरेर फालेको अवस्थामा शव फेला परेको छ । राजगंजसिनुवारी–६ बस्ने खटर मेहताकी छोरी कञ्चनको आइतबार बेलुका शव फेला परेको प्रहरीले जनाएको छ ।फागुन–५ गते घरबाट बाहिर गएकी कञ्चन सिनुवारीस्थित उखुबारीमा आइतबार मुखमा सलले बाधेर हत्या गरेको अवस्थामा फेला परेकी हुन् ।कञ्चनको हत्या अभियोगमा प्रहरीले सोही ठाँउ बस्ने ३५ बर्षीय प्रदीपकुमार मण्डललाई नियन्त्रणमा लिएको छ ।स्रोत : सौर्य दैनिक

6:21 PM | Posted in | Read More »

विवाहको तयारीमा जुटेपछि एक किशोरीद्धारा आत्महत्या

खलङ्गा (बैतडी), माघ २८- घर परिवार विवाहको तयारीमा जुटेपछि बैतडीको कटौजपानीमा आज एक किशोरीले आत्महत्या गरेकी छन्। घर परिवारले विवाहको लागि सम्पूर्ण तयारी पूरा गरेपछि कटौजपानी-३ की १८ वर्षीया विरमा कुँवरले घरभित्रै झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

स्थानीय रौलेश्वर माविमा कक्षा ९ मा अध्ययन गर्ने कुँवरले घर परिवारले इच्छा विपरीत बिहे गरिदिन लागेका कारण आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ।जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख लालबहादुर साउदका अनुसार मृतक किशोरीको सोमबार छिमेकी सित्तड गाविस निवासी एक युवकसँग विवाहको हुँदै थियो। बिहेका लागि सीमा बजार झुलाघाटबाट दुवै पक्षले आवश्यक सबै सामान घर पुर्‍याइसकेको स्थानीय प्रताव महराले बताए। राससस्रोत :नागरिक न्युज

3:19 AM | Posted in | Read More »