|

चट्याङ लाग्दा बालकसहित दुई जनताको मृत्यु

सिन्धुपाल्चोक, चैत ८ - हावाहुरीसँगै परेको चट्याङ लाग्दा बिहीबार हिमाली गाउँ सेलाङमा बालकसहित दुई जनताको मृत्यु भएको छ। चट्याङले पाँच स्थानीय घाइते भएका छन्। दिउँसो तीन बजेतिर घरमा बसिरहेको बेला परेको चट्याङले सेलाङ-९ की ३५ वर्षीया कुलकुमारी थापा र सोही ठाउँका पाँच वर्षीय बालक रन्जित थापाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजनकुमार राजभण्डारीले उनीहरुको घटनास्थलमै ज्यान गएको बताए।त्यस्तै चट्याङ लागेर सावित्री थापा, रमेश थापा, बहादुर थापा, पूर्णमाया थापा र १२ वर्षीय बालक सुमन थापा घाइते भएका छन्। घाइतेमध्ये सावित्री, रमेश र पूर्णमायालाई उपचारका लागि साँझ चौतारा अस्पताल ल्याइएको छ। सामान्य अवस्थाका दुईको गाउँमै प्राथमिक उपचार भएको छ। चट्याङले मृतकका दुई घरमा क्षतिसमेत पुर्‍याएको इन्स्पेक्टर राजभण्डारीले बताए।स्रोत : नागरिक न्युज

Posted by Anonymous on 7:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चट्याङ लाग्दा बालकसहित दुई जनताको मृत्यु"

Leave a reply