माया जालमा परि नेपालीले नेपाली माथि खुकरी प्रहार
भाईराम चौलागाई कुवैत सिटी २० मार्च । बैदेशिक रोजगारीको सिलसिलामा कुवैतको तन्जिब कम्पनीमा कार्यरत धनुषा जिल्ला जनकपुर निबासी कमलेश राउत माथि खुकुरी प्रहार भएको छ।शनिबार उनलाई जिलिव सोयखको गल्फमार्ट पछाडी नेपालीले नै खुकरी प्रहार गरी सक्त घाइते बनाएका छन। हाल उनको कुवैत स्थित फरवानिया हस्पिटल उपचार भै रहेको छ। हस्पिटलका अनुसार हाल राउत खतरा मुक्त रहेका छन्। प्रहरीले केहि सहकर्मी साथीहरुलाई पक्राउ गरि सोध पुछ जारी रहेको जानकारी प्राप्त भएको छ।
कुवैतको नेपाली समाजमा देखिएको असहज परिस्थितिमा भएको यस्ता घटनाले सम्पूर्ण नेपाली दु:खी भएका छन्। घटना हुनुको कारण भने भिन्नै रहेको छ श्रोतका अनुसार माया प्रेमको चक्रमा यो घटना भएको भुझिएको छ। आफ्नो प्रेमिका सग राउतको सम्बन्ध रहेको संकाका कारण उक्त व्यक्तिले राउत माथि हमला गरेको जानकारी पाप्त भएको बुझिएको छ ।

