|

धर्मदिदिद्धारा 'धर्मभाईको घाटी रेटेर हत्या

पोखरा, फगुन १३- 'धर्मदिदि' को रुपमा रहेकी एक महिलाले 'धर्मभाई' लाई हत्या गरेकी छिन्। हत्या गर्ने महिलालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र पौडेलका अनुसार धर्मदिदी बनेकी पोखरा-११ रानीपौवाकी ३५ वर्षिया कल्पना नकर्मीले उदयपुर साउनेपानी-९ घर भई पोखरा १२ फुलबारी बस्दै आएका २६ वर्षीय अमर रानामगरको हत्या गरेकी हुन्।

मृतकको शव पृथ्वीनारायण क्याम्पस नजिकै सेतीनदी माथिको चौरमा फेला परेको पौडेलले जानकारी दिए। पौडेलका अनुसार धारिलो हतियारले घाटी रेटेर उनको हत्या गरिएको थियो। मृतकको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ।

धर्मदिदी बनेर सम्बन्ध राख्दै आएकी नकर्मीले शनिबार बेलुकी ८ बजे रानामगरलाई भेट्न बोलाएको र त्यसै बेला अन्य दुई जना सहयोगिलाई बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ। 'मेरो भाई र म फूलबारीमा घुम्न गएका थियौ, त्यसैबेला दुईजना अपरिचत युवा आएर भाईलाई जर्बजस्ती लिएर गए, मेरा दुवैहात पछाडि लगेर बाँधेर छाडिदिए भन्दै रुँदै प्रहरीमा उजुरी गर्न आएकी थिइन्' प्रहरी प्रवक्ता पौडेलले भने, 'हामीलाई उनको गतिविधिमा शंका लागेर घटनास्थल देखाउ भन्दै लिएर गयौ र सोधपुछ गर्दा आफ्नै योजनामा हत्या भएको स्विकारिन्।'

राती नै घटनास्थलमा खोजतलास गर्दा मृतकको शव फेला परेको प्रवक्ता पौडेलले जानकारी दिए। हत्याका सहयोगी युवाको खोजी भइरहेको उनले बताए। नकर्मी महेन्द्रपुलमा चियापसल गर्दै आएकी थिइन् भने युवक पोखरामा मजदुरी काम गर्ने उनले जानकारी दिए।

'दुईजनाबीच लेनदेन रहेको र हिसाबकिताब नमिलाएकेा भन्दै हत्या गरेको खुल्न आएको छ' उनले भने, 'त्यसबाहेक अनैतिक सम्बन्ध समेत रहेको शंका छ।' प्रहरीका अनुसार हत्यामा संलग्न नकर्मीलाई कर्तव्य ज्यान मुद्दामा कारवाही हुनेछ। अपराध पुष्टि भएमा सर्वस्व सहित जन्मकैद हुने व्यवस्था छ।स्रोत : नागरिक न्यूज

Posted by Butwalonline on 3:06 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धर्मदिदिद्धारा 'धर्मभाईको घाटी रेटेर हत्या "

Leave a reply