|

गजल

नियतिको प्रहारले गिरेकी नारी हुँ म
समयले हर पल पिरेकी नारी हुँ म

रोजगारी नहुँदा आफ्नो देसमा अनी त
प्रबासमा काम खोज्दै फिरेकी नारी हुँ म
सन्तान र श्रीमानको उज्जल भबिस्यको
चाहनाले इज्रायल छिरेकी नारी हुँ म
मार खेप्न नसकेर गरीबिमा धनको
बद्लामा खुन पैचो तिरेकी नारी हुँ म

स्वाबलम्बी हुँदा पनि बाध्यतामा अल्झेर
आफ्नै हात्ले स्वाभिमान चिरेकी नारी हुँ म
प्रदेसमा छुर पनि देसकै माया प्रेम
हिर्दयको कुना भित्र भिरेकी नारी हुँ म
 कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

Posted by Butwalonline on 2:36 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल "

Leave a reply