|

नदिमा डुङ्गा डुब्दा चालक दलका सदस्य सहित ७ बेपत्ता

उदयपुर, भाद्र २७ - सप्तकोशी नदीको चतरा घाटबाट बाराहाक्षेत्र जादै गरेको बोट (डुङ्गा) डुब्दा मा मंगलबार साँझ नदिमा डुब्दा चालक दलका सदस्य सहित ७ बेपत्ता भएका छन ।
उदयपुर र सुनसरीको सिमाना भएर बग्ने नदीको चतरा घाटबाट सुनसरीको बराहाक्षेत्र जाँदै गरेको बोट (डुङ्गा) मंगलबार साँझ साढे ६ बजे बराहा क्षेत्र गाविसको छहरे भन्ने स्थानमा डुव्दा चालक दलका सदस्य सहित ७ बेपत्ता भएको प्रहरीले जनाएको छ ।
चालक दलका सदस्य सहित ८ जना लिएर चतराबाट बाराहाक्षेत्र जाँदै गरेको सुम्नीमा यातायातको बोट (डुङ्गा) नदीमा डुव्दा सात जना बेपत्ता भएको इलाक प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक रामकुमार बस्नतेले वताए ।
बोट (डुङ्गा) मा सवार २७ बर्षीय गंगाबहादुर राई पौडेर बाँच्न सफल भएको प्रहरी निरीक्षक बस्नेतले वताए । उनले भने ‘बोट (डुङ्गा) डुवेपछि पौडेर बचाउ बचाउ भन्दै कराउदै गरेको राईलाई प्रहरी चौकी कोटु मैनामैनीका प्रहरी र सुम्नीमा यातायाका अन्य कर्मचारीले उद्धार गरेका छन् ।'
वेपत्ताको बोट (डुङ्गा) र यात्रुको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक बस्नेतले वताए । पानीको छाल काटन खोज्ने क्रममा बोट (डुङ्गा) डुवेको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । रात परेको कारणले खोजी कार्य प्रभावित भएको र वेपत्ताको नाम ठेगाना खुल्न नसकेको प्रहरी निरिक्षक बस्नेतले वताए ।
 स्रोत :कांतिपुर न्यूज 

Posted by Butwalonline on 2:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नदिमा डुङ्गा डुब्दा चालक दलका सदस्य सहित ७ बेपत्ता"

Leave a reply