कतारमा एक वर्षमा १ सय ७१ नेपालीको मृत्यु
दोहा, माघ ५ -वैदेशिक रोजगारीको कतारमा कार्यरत करिब ३ लाख ५० हजार नेपालीमध्ये सन् २०११ मा १ सय ७१ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा सबैभन्द धेरै ९२ जनाको सुतेकै अवस्थामा मृत्यु भएको हो ।
यस वर्ष कतारमा सडक दुर्घटनामा ३५ जना नेपालीको ज्यान गएको छ । त्यसैगरी उच्चस्थानबाट खसेर ८, १६ जनाको आत्महत्या, करेन्ट लागेर ९, अत्यधिक गर्मीका कारण २ तथा अन्य विविध कारणले ९ जनाको निधन भएको नेपाली दूतावास कतारले जनाएको छ ।
२०११ मा कतारमा निधन हुने नेपालीको संख्या २०१० को भन्दा २१ र २००९ को भन्दा ५४ जना कम हो । २०१० मा १ सय ९२ र २००९ मा २ सय २५ नेपालीले कतारमा ज्यान गुमाएका थिए ।
स्रोत :कांतिपुर
