|

विश्व हात धुने दिवसका अवसरमा पाल्पामा हात धुने अभ्यास कार्यक्रम सम्पन्न


मुक्तिप्रसाद न्यौपाने,असोज २९, पाल्पा-हात धोऔं, रोगबाट बचौं भन्ने नारा लिएको विश्व हात धुने दिवसका अवसरमा पाल्पामा हात धुने अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

पाचौं हात धुने दिवसका अवसरमा आयोजित अभ्यास कार्यक्रममा बोल्दै पाल्पाका निमित्त स्थानिय विकास अधिकारी पुष्कर भट्टराईले खाना खाई सकेपछि भन्दा खानु अगाडीनै ६ चरणहरुमा हात धुनु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख झलक शर्मा पौडेलले चर्पी प्रयोग गरिसकेपछि राम्रोसाग हात धुने गरेमा ६० प्रतिशत सरुवा रोगहरुबाट बच्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका सभापति भगवान भण्डारी, तानसेन नगरपालीकाका कार्यकारी अधिकृत निरन भट्टराई, सुरज वम, सुनिता शर्मा लगायतले हात धुने कार्य सामान्य मानिएता पनि यसलाई राम्रोसाग बुझ्नकोलागि अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा पाल्पा अस्पतालका डा. संज्ञा पौडेलले हात धुने चरणहरुका विषयमा प्रकाश पार्नु भएको थियो । सहभागीहरुले हात धुने चरणहरु प्रयोग गरेर हात धोएका थिए । सोमबार पाल्पाका १५ स्थानहरुमा यसको अभ्यास भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यक्रम तानसेन नगरपालीका, स्वास्थ्य तथा सरसफाई डिभिजन, जिल्ला खानेपानी सरसफाई समिति र जिल्ला स्वास्थ्य कार्यलयको आयोजनामा भएको थियो ।

Posted by Butwalonline on 12:41 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विश्व हात धुने दिवसका अवसरमा पाल्पामा हात धुने अभ्यास कार्यक्रम सम्पन्न"

Leave a reply