|

इलिटमा अभिभावकलाई अभिमुखीकरण

टोपराज शर्मा ,बुटवल,२ चैत । विद्यार्थीको पढाई राम्रो र प्रभावकारी हुन अभिभावकको भुमिका र घर परिवारको वातावरण महत्वपुर्ण हुने शिक्षाविद्हरुले जोड दिएका छन् । विद्यार्थीले विद्यालयमा भन्दा घरमा तीन गुणा बढी समय बिताउने भएकाले आफ्ना बालबालिकाको पढाई राम्रो बनाउन अभिभावक नै सचेत बन्नुपर्ने र घरमा पढ्ने वावातरण सिर्जना गरिदिनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

बुटवल इलिट उच्च मावि कालिकानगरले शुक्रबार आयोजना गरेको अभिभावक भेलामा शिक्षाविद् एवं वरिष्ठ प्राध्यापक आनन्दमान सिंह शाक्यले विद्यार्थीलाई पढ्ने बानीको विकास,अनुशासन र नैतिक आचरण जस्ता कुरा घर परिवार र अभिभावकबाटै सिकाउनुपर्ने सुझाव दिए । उनले सम्भव भएमा पुस्तकालय र नभए रिडिङ कर्नर बनाइदिन सके विद्यार्थीमा पढ्ने बानीको विकास हुने स्पष्ट पारे । बालबालिकालाई नियन्त्रण र दवावमा राखेर उनीहरुको पढाई राम्रो नहुने स्पष्ट पार्दै उनीहरुलाई स्वतन्त्रता र साथीको व्यवहार गर्न पनि सुझाव दिए । कार्यक्रममा अर्का प्राध्यापक डा. नरायण बेल्बासेले अभिभावक,शिक्षक र विद्यार्थीको समन्वय र अन्रक्रियाबाट पढाई र सिकाई राम्रो हुने धारणा राखे ।

विद्यालयका अध्यक्ष यज्ञमुर्ति पाण्डेले नयां व्यवस्थापनले अब विद्यालयको शैक्षिक गुणस्तर उत्कृष्ट बनाउन ध्यान केन्द्रित गरेको बताए । विद्यालयका प्रबन्ध निर्देशक वैकुण्ठ पाण्डेको संचालन र प्राचार्य लक्ष्मण थापाको स्वागतमा भएको कार्यक्रममा विद्यालयका सल्लाहकार समाज श्रेष्ठ र टुकराज पाण्डे,अभिभावकहरु जमुना तिवारी,लक्ष्मीथापा,केदार खड्गी,प्रकाश भट्टराई लगायतले आआफ्ना भनाई राखेका थिए । शुक्रबारै विद्यालयले शिक्षकहरुलाई पनि अभिमुखीकरण गरेको छ ।

Posted by Butwalonline on 5:40 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इलिटमा अभिभावकलाई अभिमुखीकरण"

Leave a reply