|

प्रधानन्यायाधिशलाई प्रधानमन्त्री बनाईएकोमा २२ दलद्धारा विरोध

वृजराज कुशवाहा चैत २-प्रधानन्यायाधिश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाईएको विरोधमा संगठित भएका नेकपा माओवादी नेतृत्वका २२ दलले आज नवलपरासीको सदरमुकाम परासीमा विरोध जनाएका छन् ।

अपरान्ह ४ बजेको समयमा परासी बुद्धचोकमा एकत्रित भएका प्रदर्शनकारीहरुले ठुला ४ दलले गरेका २५ बुंदे सहमतिपत्र लोकतन्त्र विरोधी भएको भन्दै जलाएका हुन् । यो सहमति पत्र जलाउन अघि मन्तब्य दिदै क्रान्तिकारी जिल्ला संगठनका चुडामणि भण्डारीले संविधान सभा विघटन गर्ने प्रधानन्यायाधिश रेग्मी आफै प्रधानमन्त्री बन्नू संयोग मात्रै नभएर मुलुकलाई दरबारमा बुझाउने रणनीतिको तहत गरिएको दावी गर्नुभयो ।

Posted by Butwalonline on 6:04 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधानन्यायाधिशलाई प्रधानमन्त्री बनाईएकोमा २२ दलद्धारा विरोध"

Leave a reply