फेसबुक एकाउन्ट असली कि नक्कली ?
अहिले विभिन्न सोसियल नेटवर्किङ साइट प्रयोग गर्ने चलन बढेको छ। फेसबुक, ट्वीटरजस्ता साइटका प्रयोगकर्ता बढिरहेका छन्। अन्य धेरै प्रकारका साइट पनि प्रचलित छन्। यी साइटका प्रयोगकर्ताको संख्या संसारमै सबैभन्दा धेरै छन्। यिनका प्रयोगकर्ताको लहरमा विश्वका प्रतिष्ठित व्यक्तिहरू पनि छन्, तर यति हुँदाहँुदै पनि यिनको गलत प्रयोग पनि बढिरहेको छ। कुनै प्रसिद्ध व्यक्ति वा सेलिब्रेटीको नाममा अन्य कुनै व्यक्तिले गलत साइट सञ्चालन गरिरहेको पनि पाइन्छ। यस्ता गलत साइटका कारण मानिसमा भ्रम पनि पर्न सक्छ। त्यसैले ती साइटमा खोलिएका व्यक्तिका एकाउन्ट सही हुन् कि गलत छुट्याउनु आवश्यक छ। गहिरिएर अध्ययन गरे उक्त एकाउन्ट सही वा गलत के हो भन्ने कुरा थाहा पाउन सकिन्छ। खासगरी फेसबुकमा खोलिएको एकाउन्ट सही हो कि गलत भन्ने कुरा थाहा पाउन निम्न उपाय अपनाउन सकिन्छ ः
प्रायः सबै महत्वपूर्ण व्यक्तिको आफ्नो छुट्टै वेबपेज हुन्छ। उक्त वेबपेजमा आफ्नो फेसबुक प्रोफाइलका सम्बन्धमा जानकारी दिइएको हुन्छ। कुनै महत्त्वपूर्ण व्यक्तिको फेसबुक प्रोफाइल चेक गर्ने यो सबैभन्दा सजिलो उपाय हो। यसबाहेक कुनै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यक्तिका बारेमा जान्नुपरे विकिपेडिया साइटमा गएर हेर्दा पनि उसको आधिकारिक वेबसाइटको लिंक पाइन्छ। एउटा ध्यान राख्नुपर्ने पक्ष के छ भने विश्वका विभिन्न महत्वपूर्ण व्यक्तिहरूका बारेमा उनीहरूका प्रशंसकले पनि विभिन्न वेबपेज निर्माण गरेका हुन्छन्। त्यसैले विश्वसनीयताका लागि आधिकारिक वेबसाइट नै हेर्नुपर्छ। महत्वपूर्ण व्यक्तिहरूले ट्वीटरमा पनि आफ्नो आधिकारिक फेसबुक पेज र वेबसाइटका बारेमा जानकारी दिएका हुन्छन्। त्यसलाई एक-अर्कामा भिडाएर त्यसको आधिकारिकता पुष्टि गर्न सकिन्छ।
महत्वपूर्ण व्यक्तिले आफ्ना प्रशंसकहरूसँग च्याट गर्न छुट्टै पेज बनाएका हुन्छन्। त्यसैले कुनै व्यक्तिका बारेमा फेसबुकमा सर्च गर्नुपर्यो भने इन्डिभिजुअल प्रोफाइलको सट्टा पेजमै भरोसा गर्नुपर्छ। पेजमा बिकम अ फ्यान शीर्षकको अप्सन हुन्छ, जबकि प्रोफाइलमा बीकम अ प|mेन्ड्स। प्रशंसकहरूसँग सधै टचमा रहन धेरै सेलिब्रेटिजले यस्तो पेजको प्रयोग गर्छन्।
एकाउन्टको बनावटबाट पनि धेरै कुरा थाहा पाउन सकिन्छ। एउटै सेलिब्रेटिजका नाममा धेरै पेज पनि हुन सक्छन्। यस्तो अवस्थामा सही एकाउन्ट पत्ता लगाउने सजिलो उपाय नै उक्त पेजमा भएका प्रशंसकहरूको संख्या हो। सामान्यतयाः प्रसिद्ध व्यक्तिका प्रशंसक पनि धेरै हुन्छन्। त्यसैले धेरै प्रशंसक भएको पेज नै सही हुने ९९ प्रतिशत सम्भावना हुन्छ। यसबाहेक कस्तो प्रकारको कुरा पोष्ट गरिएको छ र त्यसमा कस्ता व्यक्तिले कमेन्ट गरेका छन् भन्ने आधारमा पनि अन्दाज लगाउन सकिन्छ।
नेपालकै सन्दर्भमा कुरा गर्दा राजेश हमालको वास्तविक एकाउन्ट हो भने उनले एउटा कुनै कमेन्ट लेख्नासाथ धेरै प्रतिक्रिया एकै पटक आउन सक्छ। नक्कली भए त्यति धेरै नआउन सक्छ। अहिलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराइको पनि फेसबुक पेज छ, तर उनी आफैंले सधैं त्यसलाई अपडेट नगर्न सक्छन्। यसका लागि उनले सहयोगीको व्यवस्था गरेका हुन्छन्। त्यसैगरी विश्वको कुरा गर्दा अमेरिकी राष्ट्रपति बाराक ओबामाको फेसबुक पेज भए पनि उनी आफंैले प्रयोग नगरेका हुन सक्छन्। यसका लागि उनले छुट्टै कुनै व्यक्तिलाई जिम्मेवारी दिएका हुन्छन्। जिम्मेवारी दिए पनि त्यसैलाई नै आधिकारिक मान्नुपर्ने हुन्छ।
कुनै सामान्य व्यक्तिका नाममा पनि गलत पोष्ट वा तस्बिर राखेर विभिन्न फेसबुक एकाउन्ट खोलिएको पाइन्छ। त्यसैले सही एकाउन्ट पहिचान गर्नु आवश्यक छ।
फेसबुकको नयाँ प्राइबेसी सेटिङ
फेसबुकमा आफ्नो गोप्यताको वकालत गर्नेहरूका लागि खुसीको खबर। फेसबुकले फेरि एकपटक आफ्नो प्राइबेसी सेटिङमा परिवर्तन गर्दैछ, जसले प्रयोगकर्ताको व्यक्तिगत सूचनालाई सुरक्षा प्रदान गर्नेछ। नयाँ सुरक्षा सेटिङमा प्रयोगकर्ताले आफ्नो पोष्ट, तस्बिर र बाँकी सबै सामग्री कसले हेरेको छ भन्ने कुरा सजिलै जान्न सक्नेछन्। यसबाहेक प्रोफाइलको कुन भाग विभिन्न व्यक्तिले हेरिरहेका छन् भन्ने कुरासमेत थाहा हुन्छ। प्रयोगकर्ताले वालमा लेखेको सन्देश क-कसले हेरे ? आदि सबै कुरा थाहा हुन्छ। त्यसबाहेक प्रयोगकर्ताको पेजमा ट्याग गरिएको तस्बिरलाई अनलाइन गर्ने वा नगर्ने भन्ने निर्णय पनि प्रयोगकर्ताले नै गर्न सक्छन्। पहिले विभिन्न प|mेन्ड्सले प्रयोगकर्ताको सहमति वा जानकारीबिना पनि नाम राख्न सक्थे, तर अब त्यस्तो कार्य सम्भव हँुदैन।
तस्बिरको आकार बढ्दै
फेसबुकले आफ्ना प्रयोगकर्ताले पोस्ट गर्ने तस्बिरको आकार बढाउँदैछ जसले गर्दा फोटो अपलोड गर्दा पहिले भन्दा दोब्बर छिटो हुनेछ। सन् २०१० को मार्चमा फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि राख्ने तस्बिरको आकारमा वृद्धि गरेको थियो, तर अहिले पनि धेरै ठूला तस्बिर यसमा अपलोड गर्न सकिँदैन र लामो समय लाग्छ। फेसबुकमा तस्बिर सेयर प्रयोगकर्ताहरूका बीच एउटा लोकपि्रय कार्य मानिन्छ। फेसबुकमा दैनिक २५ करोडभन्दा बढी तस्बिर अपलोड हुन्छन्। फेसबुकको यो नयाँ फिचर केही दिनभित्रै प्रारम्भ हुनेछ।
एकराज सुवेदी

साभार :कांतिपुर साप्ताहिक