|

एनआरएनए यूएईद्धारा ब्लड डोनेसन सम्पन्न

यूएई,पुस ११-गत हप्ताको शुक्रवार दुवईको एक अस्पतालमा नेपालीहरुको वाक्लो भिड थियो । उक्त अस्पतालमा न त कोही विरामी थिए न त कसैलाई भेट्नै पुगेका थिए । नेपालीहरु उक्त अस्प्तालमा ब्लड डोनेसन गर्नकोलागि पुगेका थिए । दुवईको अल वासल अस्पतालको ब्लड डोनेसन सेन्टरमा यूएईमा रहेका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको उपस्थित थियो । विहान साढे ११ बजे देखी दिउस २ बजे सम्म उक्त अस्पतालमा नेपालीहरुको वाक्लै चहल पहल देखिन्थ्यो । पहिलो पटक ब्लड डोनेसन गर्ने देखी लिएर प्रत्येक बर्ष ४ पटक त्यस्तै गरेर ११ पटक यूएईमा नै ब्लड डोनेसन गरिसकेका नेपालीहरुको उपस्थित थियो । अस्पतालले उपलब्ध गराएको सम्पूर्ण जानकारी सहितको फारम भरी ब्लड चेक गर्नेको लस्कर लामै देखिन्थ्यो । करिव ५० जना गैर आवासिय नेपालीहरुको उपस्थित रहेकोमा ३२ जनाले मात्र व्लड डोनेसन गरे । बाँकी रहेका गैर आवासिय नेपालीहरुले भने प्रेसर हाई व्लड डोनेसन गरेको ३ महिना पनि नपुगेको आदी ईत्यादी कारणले दिन पाएनन् ।

विभिन्न क्षेत्रमा आर्थिक डोनेसन गर्दै आएको एनआएनले आर्थिक क्षेत्रमा मात्र होईन सामाजिक क्षेत्रमा पनि डोनेसन गर्न सक्षम छ भन्ने उदाहरण यूएईको एनआरएनएले देखाएको थियो । एनआरएनए यूएईले पहिलो पटक आयोजना गरेको ब्लड डोनेसनमा भू। पू मध्यपूर्वक संयोजक सल्लाहकार मध्यपूर्व सह सम्योजक एन सी सी अध्यक्ष उपाध्यक्ष महासचिव कोषाध्यक्ष लगायतका अन्य सदस्यहरुको उपस्थित थियो भने प्राय सवैले ब्लड डोनेसन पनि गरेका थिए ।

एनआरएनए गल्फ भू।पू सम्योजक तथा वर्तमान यूएई एन सीसीका सल्लाहकार चन्द प्रसाद सापकोटा पहिलो पटक व्लड डोनेसन गर्नेहरुलाई आराम गर्न सल्लाह दिदैं जुस सुन्तला र केरा वाँड्दै थिए भने सदस्य दिवाकर शर्मा हातमा क्यामेरा र नोट बुक लिदैं प्रत्येक ब्यक्तिहरुको नाम र फोटो उतार्नमा व्यस्त देखिन्थे । उक्त कार्यक्रमका संयोजक प्रदिप पौडेल प्रत्येक काउण्टरमा पुग्दै कोही छुटे छुटेनन् प्रोसेस कहांसम्म पुग्यो आदिको अपडेट गरिरहेका थिए । पहिलो पटक ब्लड डोनेसन गर्न लागेका पौडेल ३२ औं थिए भने दुई जना महिलाहरुले पनि डोनेसन गरेका थिए । प्राय सवै उपस्थित नेपालीहरुले एनआरएनए यूएईको उक्त कार्यलाई प्रशंसा गरेका थिए । एनआरएनए यूएईका अध्यक्ष चन्द्र रोकाहाले सामाजिक साजाल फेसबुक मार्फत जानकारी प्राप्तगरी ब्लड डोनेसन गर्न आएका लगायत उपस्थित सम्पूर्णलाई एनसी सीको तर्फबाट धन्यवाद ज्ञापन गर्दै भविश्यमा पनि एनआरएनएयूएईबाट आयोजना गरिने यस्तै खालका सामाजिक कार्यमा उपस्थित भईदिन अनुरोध गरेका थिए ।

Posted by Butwalonline on 6:23 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एनआरएनए यूएईद्धारा ब्लड डोनेसन सम्पन्न"

Leave a reply