|

को बन्ला मिस मगर ?

कास्की, जेष्ठ १७ - नर्स बन्ने लक्ष्य राखेकी बन्दीपुर तनहुँकी १९ वर्षीया किशोरी आले यतिबेला मिस मगर पोखरा सुन्दरी प्रतियोगिताका लागि जुटिरहेकी छन् । 'उद्देश्य त अर्कै हो,' शनिबार फोटो सेसन गर्दै उनले भनिन्, 'तर मोडलिङ पनि मेरो रुचिको पाटो हो ।'
यतिबेला उनी जस्तै मगर युवती प्रतियोगिताका लागि प्रशिक्षणमा व्यस्त हुँदै छन् ।
लामो समयदेखि सुन्दरी प्रतियोगिता नभइरहेको बेला नेपाल मगर संघ जिल्ला समिति र रिबर्थ इभेन्ट म्यानेजमेन्टले नेपालमै पहिलो पटक यस्तो किसिमको प्रतियोगिता गर्न लागेको हो । असार ४ मा हुने फाइनलका लागि छिमेकी जिल्लाबाट आएका मगर समुदायका १५ देखि २२ वर्ष उमेर समूहका तन्नेरीहरू भाषा र संस्कृतिको परिचयसहित क्याटवाक, व्यक्तित्व र बौद्धिक विकास, ब्युटी टिप्सलगायतका प्रशिक्षण लिइरहेका छन् ।
कोरियोग्राफर आशिष श्रेष्ठ, सुरज थापा र फोटोग्राफर सञ्जय शाक्यले प्रतिस्पर्धाका लागि २६ सुन्दरीलाई छानेका हुन् । उनीहरूलाई मंगलबारदेखि सम्बन्धित विषयका विशेषज्ञहरूले करिब एक महिनाको प्रशिक्षण दिने आयोजक समितिका सुरज थापाले बताए ।
यसअघि मिस गुरुङ, तामाङ, शेर्पा, नेवार समुदाय लगायतका युवतीलाई मध्यनजर राखेर प्रतियोगिता हुँदै आए पनि मगर समुदायलाई लक्षित गरी भने भएको थिएन ।
 'आपmनो जातीयता र संस्कृतिसँगै प्रतिभा देखाउनका लागि सहभागी भएकी हुँ,' घारीपाटन, पोखराकी १९ वषर्ीया हुमा थापा मगरले भनिन्, 'उपाधि पनि जित्ने इच्छा छ ।'
केही वर्षअघि पोखरामै भएको मिस जनजातिमा सहभागी भएर सेकेन्ड रनरअपको उपाधिसमेत जितेकी हुमालाई त्यसैले प्रतियोगिताको उपाधि जित्ने साहस पैदा भएको हो । थुप्रै फोटो सेसन र स्थानीय स्तरमा म्युजिक भिडियोमा जमेकी एन्टिना थापा पनि मिस मगर बन्ने धुनमा देखिन्छ्न । 'टाइटल जित्नु मात्रै ठूलो कुरा हैन,' प्रशिक्षणमा व्यस्त उनले भनिन्, 'सहभागिता जनाउन पाउनु पनि विजेता बन्नु सरह हो ।' विजेतालाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

Source:KantipurNews

Posted by Butwalonline on 11:48 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "को बन्ला मिस मगर ?"

Leave a reply