|

दरवार हत्याकाण्डको दस वर्ष

काठमाडौं, जेष्ठ १९ - तत्कालिन राजा वीरेन्द्रको बंशानाश हुने गरी भएको दरवार हत्याकाण्डको बहीबार दस वर्षपुरा भएको छ ।
वि.सं. २०५८ साल जेठ १९ गते नारायणी दरबारमा आयोजित शाही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज्ञी श्रुति, युवराज निराजनलगायत राजपरिवारका १० सदस्यको हत्या भएको थियो । हत्याकाण्डको दस वर्षपुग्दा पनि विश्वासिलो अनुसन्धान हुन सकेको छैन ।
हत्याकाण्डपछि गठित छानविन समितिले तत्कालीन युवराज दीपेन्द्रले पारीवारीक तनावमा राजपरीवारका सदस्यको हत्या गरेको र पछि आफूले आत्महत्या गरेको प्रतिवेदन सार्जनिकन गरेको थियो । तर प्रतिवेदन कसैले विश्वास गरेका छैनन् ।
हत्याकाण्डलाई 'ग्रायण्ड डिजाइन' को संज्ञा दिएका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको छ । राजपरिवारमा राजा विरेन्द्र लोकप्रिय राजाका रुपमा चिनिन्छन् ।


Source:KantipurNews

Posted by Butwalonline on 10:30 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दरवार हत्याकाण्डको दस वर्ष"

Leave a reply