जनगणनाको तथ्याङ्क संङ्कलन आजदेखि सकिँदै
१८ जेठ, काठमाडौँ । गत जेठ १ देखि सुरु भएको राष्ट्रिय जनगणना-२०६८ को तथ्याङ्क संङ्कलनकार्य आजदेखि सकिँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत जनसंख्या शाखाका प्रमुख रुद्र सिलवालले गाउँगाउँमा खटिएका सङ्कलकले घरमूली, पेशा, जाती भाषा, संस्कृतिलगायतका विवरण उल्लेख गरी पारिवारिक विवरण संङ्कलन गरेको जानकारी दिनुभयो ।
यस वर्षको राष्ट्रिय जनगणना आगामी ३ देखि १३ असारसम्म जारी रहनेछ । सिलवालले जनगणनाका लागि ३४ हजार गणकहरुलाई विशेष तालिम दिइएको जानकारी दिनुभयो ।
प्रत्येक दस वर्षमा हुने जनगणनाका लागि सरकारले १ अर्व १८ करोड रकम विनियोजन गरिसकेको छ ।
Source:Onlinekhabar