|

उपभोत्ता ठगिने क्रम जारी स्थानिय निकाय रमिते

विजय दमा,सेअर्घाखाँची पुस ११- अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्ककको साथै जिल्लाको ग्रामिण ईलाकाका अघिकांश पसलहरुमा उपभोत्ताले देखिने गरि मुल्य सुचि नरहेको पाईएको छ ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट पाक्षिक रुपमा जिल्लाकै ईतिहासमा पहिलो पटक नियमित रुपमा प्रकासित हुदैँ आएको ब्राईट न्यृज खबरपत्रिकाको ब्राईट न्यूज क्रईम ब्यृरोले गरेको आकस्मिक तिन दिने अनुगमनको क्रममा यस्तो भेटाएको हो । जिल्लाको सदरमुकामका केही पसलहरुमा मुल्य सुचि राखिएको भएतापनि मुल्य सुचि अस्पष्ट, र उपभोत्ताले प्रत्यक्ष देख्न सक्ने अबस्था नरहेको पाईएको छ । उता जिल्लाको अघिकांश ग्रामिण ईलाकाका पसलहरुमा भने मुल्य सुचिनै नरहेको पाईएको छ । यसरि जिल्लाको सदरमुकामको साथै ग्रामिण ईलाकाका अघिकांश पसलहरुमा मुल्य सुचि नराखी अर्घाखाँचीका व्यपारीहरुले मालसमानमा मनपरि चलाउदा जनता प्रतक्ष्य रुपमा ठगिएका छन् ।

यसले गर्दा बिहान बेलुका मजदुरी गरेर चल्ने अर्घाखाँचीका बिशेष गरि न्यून स्तरका जनता सबैभन्दा बढि मारमा परेका छन् । मुल्य सुचि पसलमा नराखि व्यापारीहरुले जनता ठगि काण्ड मच्चाईरहँदा जिल्लाको स्थानिय निकाय भने रमिते बनेको छ । ब्राईट न्यूज क्रईम ब्यृरोले गरेको आकस्मिक तिन दिने अनुगमनको क्रममा जिल्लाको विभिन्न ईलाकामा पुगी त्यहाँका उपभोत्ताहरुसँग प्रतक्ष्य रुपमा कुराकनी गर्दा त्यहाँका व्यपारीहरुले उपभोत्तालाई मालसमान बेच्दा दुबानीको कारण देखाउँदै सिमा नाघेरै उठाउनै नमिल्ने रकम उपभोत्तासँग मनोमानी ढ्ङगले व्यापारिहरुले उठाउने गरेको र ग्रामीण ईलाकाका व्यापारीहरुले समय अवधि नाघेका कतिपय खाद्यन्न समेत बिक्री बितरण गर्ने गरेको समेत बताएका छन् । यति सम्म व्यापारिहरुको मनोमानी चल्दा जिल्लाको स्थानिय निकाय कानमा तेल राखेर बसेकोमा उपभोत्ताले क्रईम ब्यृरो मार्फत जिल्लाको स्थानिय निकाय प्रति आक्रोस पोख्दै त्यस्ता व्यापारीहरुलाई स्थानिय निकायले कारबाही नगरि प्रोत्साहन गरि स्थानिय निकाय स्वयमनै रमिते बनेकोमा दुखेसो पोखेका छन् । साथै उपभोत्ताहरुले, केही दिन अघि देशभर बजार अनुगमनको क्रममा अर्घाखाँची जिल्लामा स्थानिय निकायले गरेको बजार अनुगमनलाई गाईजात्राको संज्ञा दिएका छन् । उनिहरुले बजार अनुगमनको नाममा जिल्लाको स्थानिय निकायले व्यापारीहरुकसँग साठगाठ गरि अनुगमनको नाममा गाईजात्रा गरि सिङ्गो अर्घाखाँची जिल्लालाईनै कुर्र बनाएको आरोप समेत लगाएका छन् ।

व्यापारीहरुबाट ठगिदैँ आएका अर्घाखाँचीका उपभोत्ताहरुले अबको केही दिन भित्रैमानै व्यापारिहरुको यस्तो मनोमानी अर्थात ठगि काण्ड नियन्त्रणमा जिल्लाको स्थानिय निकायले चासो नदेखाए उपभोत्ताहरुको जिल्ला सङ्घर्ष समिति बनाई सडक आन्दोलन मार्फत कडा प्रतिबाद गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितको सबै जिम्मेवारी जिल्लाको स्वयम स्थानिय प्रशासनले लिनु पर्ने भन्दै यस्ता गतिबिधि तत्काल रोक्न प्रसाशनलाई उपभोत्ताहरुले ब्राईट न्यूज क्रईम ब्यृरो मार्फत माग गरेका छन् ।

Posted by Butwalonline on 6:14 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उपभोत्ता ठगिने क्रम जारी स्थानिय निकाय रमिते"

Leave a reply