ट्याक्टर र मोटरसाइकल ठोक्किदा किशोरीको मृत्यु
अर्घाखाँची, माघ १७ – सन्धीखर्कमा शुक्रबार दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किदा १ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
अर्घाबाट सन्धीखर्कतर्फ छुटेको लु २ त
६९७६ नम्बरको ट्याक्टरमा त्यसै दिशाबाट आएको लु १४ प ३५६० नम्बरको
मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा पछाडि बसेकी १४ वर्षकी विपसा बस्यालको
ज्यान गएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी बस्यालको
उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । घाइते
भएका मोटरसाइकल चालक युवराज भुसालको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ ।उज्यालो
