आफैले चलाएको ट्याक्टरको स्टेरिङले चेपिएर ड्राइभरको मृत्यु
सिरहा, चैत ३० – चन्द्रोदयपुर–९ घुर्मिखोलामा आफैले चलाएको ट्याक्टरको स्टेरिङले चेपिएर शनिवार राती ड्राइभरको ज्यान गएको छ ।घुर्मिखोलाबाट बालुवा ल्याइरहेको बेला उकालो चढ्ने बेलामा को. १ त १३५३ नम्बरको ट्याक्टरको अगाडिको भाग उचालिएर छाती चेपिदा चालक विष्णुपुर–९ का २७ वर्षका सञ्जित कामतीको घटनास्थलमै ज्यान हो । धेरै लोड भएका कारण उकालोमा ट्याक्टरले लोड तान्न नसकेपछि दुर्घटना भएको हो । कामतीको शव जिल्ला अस्पताल सिरहा लगिएको प्रहरीले जनाएको छ । यहाँका ट्याक्टरहरु क्षमताभन्दा बढी लोड गर्ने कारण दुर्घटना हुने प्रहरीको भनाई छ ।श्रोत:उज्यालो
