छत्तिसगढमा भएको माओवादी आक्रमणमा १२ जनाको मृत्यु
काठमाडौं, चैत्र २९ । भारतको छत्तिसगढ राज्यको बीजापुर जिल्लामा माओवादी आक्रमणमा १२ जनाको मृत्यु भएको छ । मारिनेहरुमा ६ जना लोकसभा चुनावमा संलग्न कर्मचारीहरु पनि रहेको बताइएको छ ।
गत बुधबार बस्तर क्षेत्रमा चुनाव गराएर जिल्ला सदरमुकाम जगदलपुर फर्किएकाहरु माओवादीको निशानामा परेका थिए ।एक अर्को घटनामा बस्तरको दरभामा एउटा एम्बुलेन्समा माओवादीले थापेको धरापमा पर्दा पाँच प्रहरी र एम्बुलेन्सका चालक मारिएका छन् । आक्रमणमा १२ जना घाइते भएका छन् ।
बुधबारको मतदानका क्रममा माओवादीले बस्तरका विभिन्न सात स्थानमा गोलाबारी र बम विष्फोट गराएको थियो भने केही ठाउँमा सुरक्षाकर्मीसँग दोहरो भिडन्त समेत भएको थियो । (एजेन्सी) /इमेज खबर