७ वर्षीयाको बलात्कारपछि हत्या
बारा, चैत्र ३० - सदरमुकाम कलैयामा ७ वर्षीया एक बालिकाको बलात्कारपछि हत्या भएको छ ।कलैया नगरपालिकास्थित घुषुकपुरमा मामाघरकी हजुरआमासँग बस्दै आएकी ती बालिका बिहीबार साँझ ६ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् । साथीहरुसँग खेल्न गएकी उनी राति ११ बजेसम्म नभेटिएपछि प्रहरीमा उनी हराएको जानकारी दिइएको थियो ।
खोजी गर्दैजाँदा राति १ बजे पुरानो राणा दरबारको कौसीमा बालिकालाई अत्यधिक रक्तस्रावसहित अचेत अवस्थामा भेटिएको थियो । बीभत्स स्थितिमा भेटिएकी बालिकालाई नारायणी उपक्षेत्रीय अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
'घुषुकपुरमा भुतबंगालोजस्तो दरबार छ, जहाँ मान्छेको खासै आवतजावत हुँदैन, त्यहाँ उनी अचेत अवस्थामा फेला परिन्,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, 'उद्धार गरेर अस्पताल पुर्याउँदा डाक्टरले मृत्यु भइसकेको बताए ।' बालिकालाई बलात्कार गरिएको स्थानमा ५ रुपैयाँको नोट, उनको गञ्जी र सुरुवाल फेला पारेको छ । उनलाई ५ रुपैयाँ दिएर वा देखाउँदै त्यहाँ ल्याएर बलात्कार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
अस्पताल स्रोतका अनुसार बालिकालाई बयस्क व्यक्तिले बलात्कार गरेको देखिन्छ । उनको शरीरमा लागेको चोटपटक लगायतका आधारमा अस्पतालले यस्तो निक्र्योल गरेको हो ।
उक्त घटनास्थलमा यसअघि पनि महिलालाई बलात्कार प्रयासका घटना हुँदै आएको प्रहरीले जनाएको छ । घटनास्थल पुरानो भवन हो । इँट्टाहरु उप्किएका छन् । मान्छेहरुको आवतजावत हुँदैन ।
घटनामा बालिकालाई नजिकबाट चिन्ने व्यक्तिको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । चिया पसलमा आउने ग्राहक वा अन्य छिमेकका कोही हुन सक्ने शंका गरिएको छ । शंकास्पद एक जना पक्राउ परेका छन् । ती व्यक्तिले बालिकासँग नजिकिने गतिविधि गरेका थिए । बारा जिल्ला प्रहरी प्रमुख एसपी ईश्वरबाबु कार्कीले घटनास्थल मानिसको आवतजावत नहुने ठाउँ भएकाले अपराधीले फाइदा उठाएको जनाए ।
बालिका चार वर्षदेखि मामाघरकी हजुरबुवा/हजुरआमासँग बस्दै आएकी थिइन् । उनका बाबु बिक्की साह तेली लागुऔषध कारोबार मुद्दामा दस वर्षका लागि कारागार चलान भएको पाँच वर्ष भयो । बाबु जेल परेपछि आमा काम खोज्न भारत गएकाले हजुरआमाले स्याहार्दै आएकी छन् । उनकी एक दिदी बाबुपट्टीका हजरबुवासँग रक्सौलमा बस्छिन् । घटनाकै दिन बिहान घरपट्टकिा हजुरबुवाले उनकी दिदीलाई लिएर गएका थिए । उनलाई पनि लैजान खोजेका थिए ।
घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले निरीक्षक दधिराम न्यौपानेको कमान्डमा टोली खटाएको छ ।
बारामा पछिल्ला तीन वर्षमा ३३ बलात्कार भएका छन् । तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ । यस आर्थिक वर्षको ९ महिनामा ७ वटा बलात्कार भए । अघिल्लो वर्ष १५ जना बलात्कृत भएका थिए ।
यसअघि पनि १७ वर्षीया किशोरीलाई उनका प्रेमीले बलात्कारपछि हत्या गरेका थिए । बारा प्रहरीले हत्या गनर्ेे प्रेमीको पहिचान भइसके पनि पक्राउ गर्न नसकेको जनाएको छ ।
पछिल्लो घटनापछि प्रहरीले सक्रियता बढाएको छ । निर्माणाधीन घर, पुराना मान्छे नबस्ने घर, विद्यालय, खाली चौर लगायतका क्षेत्रमा सादा पोसाकमा गस्ती थालिएको छ ।
कलैयाको ७ नम्बर वडा पावर हाउसनजिकै टाटीले बारेको र खरले छाएको घर छ । सडक किनारैमा टहरो छ । शनिबार राति टहरोमा पुग्दा एक महिला बोली भास्सिएको विक्षिप्त अवस्थामा थिइन् । उनी ती बलात्कृत बालिकाकी हजुरआमा हुन् । हजुरआमाका अनुसार हराउनु केही समयअघि बालिका चिया पसल छेउमा सार्थीहरुसँग खेलिरहेकी थिइन् । हजुरआमा उनलाई धेरै चकचक नगर्न भनिरहेकी थिइन् । त्यसको केहीबेरमै उनी आँखाबाट ओझेल भइन्, कहिल्यै नर्फकने गरेर ।
एक पटक हातसमेत नलगाई माया गरेर हुर्काएकी नातिनीको बलात्कारपछि हत्याले उनी विक्षिप्त छिन् । रुँदारुँदा बोली दबेको छ । बालिकाकी आमा आइतबार भारतको मुम्बईबाट आउँदैछिन् । 'ज्वाइँ जेल गएपछि सानी छोरी मलाई जिम्मा लगाएर पैसा कमाउन मुम्बई गएकी थिई,' हजुरआमा भावविह्वल भइन्, 'छोरी मरेको खबर सुनेर ऊ आउँदा अब मैले के भन्ने ?'
दुई वर्षकी हुँदादेखि ती बालिका मामाघरमा बस्दै आएकी थिइन् । छवैको मदरसामा पढ्न जाने गर्थिन् । फुर्सद हुँदा हजुरआमाको चिया पसलमा काम सघाउने गर्थिन् ।श्रोत:ईकान्तिपुर