नाइजेरियामा हिंसा, ५ दिनमा १ सय ३५ जना मारिए

बुधवारयता भएको सशस्त्र आक्रमणमा उत्तरपूर्वी नाइजेरिया १ सय ३५ जना मारिएको बोर्नो राज्यका सीनेटर अहमेदजानाहले जनाएका छन् । डिक्वाको सहरमा शिक्षक तालिम सञ्चालन गर्ने कलेजमा पाँच जना मारेलगत्तै विद्रोहीहरुले केही महिलालाई अपहरण गरेका छन् ।
अरु दुई आक्रमण भने क्यामरुनको सीमा नजिकको गाउँमा गरिएको थियो । जहाँ १ सय ३० जनाको हत्या गरिएको छ । इस्लामिक राज्यको वकालत गर्दै थालेको बोको हरामको सशस्त्र हिंसामा एक वर्षयता १५ सय व्यक्ति मारिएको विश्व मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेसनलले जनाएको छ ।
यति ठूलो संख्या मानिस मारिनुमा सरकार र विद्रोही दुबै जिम्मेवार रहेको एम्नेष्टीको भनाइ छ । (एजेन्सी)/इमेज खबर
