विद्यार्थीको अश्लील भिडियो सार्वजनिक गर्ने शिक्षक पक्राउ
इटहरी,फागुन २४ -विद्यार्थीलाई यौनशोषण गर्ने तथा अश्लील भिडियो सार्वजनिक गर्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।सामाजिक सञ्जालमार्फत् स्थानीय उच्चमाविमा कक्षा ११ मा अध्ययनरत छात्राको अश्लील भिडियो सार्वजनिक गर्ने सगरमाथा बोर्डिङ स्कुल बेलबारीका शिक्षक गणेश दुलाललाई प्रहरीले पक्राउ गरेको हो।
प्रेमको नाटक गर्दै आएका शिक्षकले विभिन्न अर्धनग्न पोजमा खिचेका तस्बिर र भिडियो चार दिनअघि फेसबुकबाट सार्वजनिक गरेपछि ती छात्रा कारबाही माग गर्दै महिला अधिकारवादी संस्था एबीसी नेपाल र प्रहरी कार्यालय बेलबारी पुगेकी हुन्। २३ वर्षीय शिक्षक दुलालले यौनशोषण तथा झुक्याएर तस्बिर तथा भिडियो खिचेको पीडितले बताएकी छन्। स्रोत : नागरिक न्युज
